प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल




दाङ– तुलसीपुर उपमहानगरपालिका-१० मा अवस्थित गौरीगाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । प्रचारप्रसार तथा भौतिक पूर्वाधारको अभाव हुँदा यस क्षेत्रको पर्यटन प्रवर्द्धन हुन नसकेको हो ।

तुलसीपुर बजारबाट दक्षिणतर्फ नजिकैको दूरीमा रहेपनि उचित प्रचारप्रसार र प्रवर्द्धनको अभावले गर्दा यो स्थल ओझेलमा परेको स्थानीय बताउँछन् । करिब आठ बिघा क्षेत्रफलमा फैलिएको यो तालको आफ्नै ऐतिहासिक विशेषता छ । पहिले यहाँ सातवटा छुट्टाछुट्टै तालहरू थिए, जसलाई अहिले मिलाएर एउटै विशाल तालको स्वरूप दिइएको छ ।

तालको बीच भागमा करिब रु एक करोडको लागतमा एउटा शिवमन्दिर निर्माण गरिएको छ । उक्त मन्दिरमा शिव, गणेश, सूर्य, देवी र विष्णु गरी पाँच वटा मूर्तिहरू स्थापना गरिएका छन् । आकर्षण तालको बीचमा रहेको मन्दिरसम्म पुग्नका लागि करिब ४५ मिटर लामो पुल निर्माण गरिएको स्थानीय रमेश बुढाथोकीले बताउनुभयो । वर्षायामको पानी सङ्कलन हुने यस तालमा वर्षैभरि पानी रहिरहने र यहाँ व्यावसायिक रूपमा माछापालनसमेत गर्ने गरिएको उहाँको भनाइ छ ।

स्थानीय बुढाथोकीका अनुसार यो बाटो भएर हिँड्ने यात्रुले फाट्टफुट्ट तस्बिर  खिच्ने गरे पनि तालकै अवलोकनका लागि आउनेको सङ्ख्या भने कम छ । सडक सञ्जालको सहज पहुँच र बजारबाट नजिकै रहेकाले यस ताललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिने सम्भावना रहेको उहाँले बताउनुभयो । दुर्गम क्षेत्रका साना पोखरीहरू समेत पर्यटकीय केन्द्र बनिरहेको अवस्थामा, बजार नजिकैको यति ठूलो ताल भने उपेक्षित हुनु दुःखद रहेको स्थानीय बताउँछन् ।

यो ताललाई व्यवस्थित गरी उचित प्रचारप्रसार गर्न सके दाङ जिल्लाकै एक प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय उत्तम चौधरीले बताउनुभयो । उक्त ताललाई पर्यटकीय गन्तव्य बनाउनेतर्फ पहल थालिएको तुलसीपुर उपमहानगरका प्रमुख टिकाराम खड्काले बताउनुभयो । उहाँले यहाँ थप भौतिक पूर्वाधार निर्माण गरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्न योजनाबद्ध पहल थालिएको भन्दै सोही अनुरुप बजेटको व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बाढीपहिरोले छ राजमार्ग अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

बाढीपहिरोले छ राजमार्ग अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

यी २३ जिल्लामा अत्यधिक वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

यी २३ जिल्लामा अत्यधिक वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

कम्युनिस्ट आन्दोलन र समाजवादी सहकार्यबारे गहन छलफल

कम्युनिस्ट आन्दोलन र समाजवादी सहकार्यबारे गहन छलफल

शिक्षामन्त्रीद्वारा रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुगमन

शिक्षामन्त्रीद्वारा रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुगमन

प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

नागरिक अगुवा पाण्डेको अन्त्येष्टि – सार्वजनिक सेवा प्रसारण संस्था

नागरिक अगुवा पाण्डेको अन्त्येष्टि – सार्वजनिक सेवा प्रसारण संस्था

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत