इयुको सदस्यताका लागि दोश्रो पटकको वार्तामा युक्रेन

इयुको सदस्यताका लागि दोश्रो पटकको वार्तामा युक्रेन

एजेन्सी- युरोपेली सङ्घ (इयु) ले युक्रेनसँग सदस्यता प्रक्रिया अन्तर्गत दोस्रो वार्ता क्षेत्र औपचारिक रूपमा खुला गरेको छ । युद्धका बीच पनि इयुको सदस्य बन्ने प्रयासलाई तीव्र बनाइरहेको युक्रेनका लागि यो अर्को महत्त्वपूर्ण प्रगति मानिएको छ ।

हङ्गेरीको लामो समयदेखिको आपत्तिका कारण ढिलाइ भएको सदस्यता प्रक्रिया गत महिना पहिलो वार्ता चरण सुरु भएपछि अघि बढेको थियो । त्यसको निरन्तरतास्वरूप मङ्गलबार ब्रसेल्समा इयुका युरोप मामिला मन्त्रीहरू र युक्रेनी प्रतिनिधिबीच सुरक्षा, रक्षा तथा विदेश नीतिसम्बन्धी दोस्रो वार्ता क्षेत्रको औपचारिक सुरुआत गरिएको हो ।

इयु सदस्य बन्न इच्छुक मुलुकहरूले न्याय, कृषि, वातावरण, सुरक्षा तथा अन्य क्षेत्रसम्बन्धी युरोपेली कानून र मापदण्डसँग आफ्नो कानूनी तथा संस्थागत संरचना मिलाउनुपर्ने हुन्छ । त्यसका लागि सदस्यता प्रक्रिया छ वटा वार्ता समूहमा विभाजन गरिएको छ ।

यद्यपि दोस्रो वार्ता क्षेत्र खुला भए पनि युरोपमा ग्रीष्मकालीन बिदा सुरु हुन लागेकाले सबै छ वटा वार्ता समूह यसै सत्रमा सुरु हुने सम्भावना कम रहेको अधिकारीहरूले जनाएका छन् ।

सन् २०२२ मा रुसले आक्रमण गरेपछि युक्रेनले इयु सदस्यताका लागि आवेदन दिएको थियो । यद्यपि पूर्ण सदस्यता प्राप्त गर्न उसले अझै लामो र जटिल प्रक्रिया पूरा गर्नुपर्नेछ ।

इयुकी विस्तारसम्बन्धी आयुक्त मार्टा कोसले मङ्गलबारलाई ‘युरोपेली विस्तारका लागि सुपर मङ्गलबार’ को संज्ञा दिँदै अब भएका निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

युक्रेनसँगै सदस्यताका लागि आवेदन दिएको मोल्डोभाले पनि मङ्गलबार दोस्रो वार्ता क्षेत्र खुला गरेको छ । यसैबीच, आगामी महिनामा इयुको अग्रणी उम्मेदवार बन्ने अपेक्षा गरिएको मोन्टेनेग्रोले अल्बानियासँगै सदस्यता प्रक्रियाका थप वार्ता क्षेत्रहरूमा पनि प्रगति गरेको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

बुधबारदेखि खाना पकाउने ग्यासको भरि सिलिन्डर बजारमा पठाइने 

बुधबारदेखि खाना पकाउने ग्यासको भरि सिलिन्डर बजारमा पठाइने 

विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल

विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल

पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ४ बर्ष र गृहमन्त्री खाँडलाई २ बर्ष कैद

पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ४ बर्ष र गृहमन्त्री खाँडलाई २ बर्ष कैद

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा विगतमा गठन भएका आयोगका प्रतिवेद कार्यान्वयमा लैजाने

अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा विगतमा गठन भएका आयोगका प्रतिवेद कार्यान्वयमा लैजाने

इयुको सदस्यताका लागि दोश्रो पटकको वार्तामा युक्रेन

इयुको सदस्यताका लागि दोश्रो पटकको वार्तामा युक्रेन

आकस्मिक बाढीको जोखिम यी जिल्लाहरु,सतर्कता अपनाउन आग्रह

आकस्मिक बाढीको जोखिम यी जिल्लाहरु,सतर्कता अपनाउन आग्रह