काठमाडौँ विश्वविद्यालयले ‘सीईओ सम्मेलन’ गर्ने

काठमाडौँ विश्वविद्यालयले ‘सीईओ सम्मेलन’ गर्ने

काठमाडौँ- काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (KUSOM) अन्तर्गतको केयूएसओएम इन्टरप्रेनरशिप क्लब र स्टुडेन्ट्स वेलफेयर काउन्सिलले संयुक्त रुपमा ‘सीईओ सम्मेलन-२०२६’ आयोजना गर्ने भएका छन।

यही असार २६ गते शुक्रबार ललितपुरमा आयोजना हुने सो सम्मेलन दिउँसो १२ः३० बजेदेखि सुरु हुनेछ।

‘वर्तमान परिवेशमा परिवर्तनशील हुँदै गएको व्यवसायिक परिदृश्यः व्यवस्थापकीय तथा उद्यमशील चुनौतीहरू’ भन्ने मूल विषयमा केन्द्रित सम्मेलनमा नेपालका नीति निर्माता, उद्योगी-व्यवसायी, उद्यमी, बैंक तथा वित्तीय क्षेत्रका नेतृत्व, शिक्षाविद् तथा विद्यार्थीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

सम्मेलनका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट रहनेछन् भने एमएडब्ल्यू ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सम्मेलन अन्तर्गत आयोजना हुने विशेष प्यानल छलफलमा लामिनार टाइल्सका निर्देशक अभिनव चुरिवाल, निम्बस नेपालका प्रबन्ध निर्देशक आनन्द बगारिया, नेपाल महिला उद्यमी महासंघ (FWEAN) की अध्यक्ष दर्शना श्रेष्ठ, एनआईएमबी एस क्यापिटलका डेपुटी प्रमुख कार्यकारी अधिकृत (DCEO) सचिन्द्र ढुङ्गाना तथा सिमेक्स इन्क. प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (CEO) साहिल श्रेष्ठ सहभागी हुनेछन्।

साथै, काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका भिजिटिङ फ्याकल्टी डा. सिद्धार्थ मैनालीले नेपालको वर्तमान व्यवसायिक वातावरण, नीति तथा आर्थिक अवस्थाबारे अनुसन्धानमा आधारित प्रस्तुति दिने कार्यक्रम रहेको छ।

आयोजकका अनुसार सम्मेलनले नेपालको बदलिँदो व्यवसायिक तथा आर्थिक परिवेश, व्यवस्थापकीय नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन तथा दिगो आर्थिक विकासका विषयमा बहस र अनुभव आदानप्रदान गर्ने साझा मञ्च प्रदान गर्नेछ। सम्मेलनमार्फत शिक्षा, निजी क्षेत्र र नीति निर्माण तहबीचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

सम्मेलनमा नेपाल सरकारका उच्च पदस्थ अधिकारी, प्रमुख कार्यकारी अधिकृत (CEO), प्रबन्ध निर्देशक, उद्यमी, बैंक तथा वित्तीय संस्थाका वरिष्ठ अधिकारी, विकास साझेदार, कूटनीतिक नियोगका प्रतिनिधि, शिक्षाविद् तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहने छ।

आयोजकले सम्मेलनलाई नेपालमा शैक्षिक संस्था, निजी क्षेत्र तथा सार्वजनिक नीतिनिर्मातनबीच संवाद र सहकार्य विस्तार गर्ने महत्वपूर्ण मञ्चका रूपमा लिएको छ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

विश्वकपमा निष्पक्षतामाथि बहस – सार्वजनिक सेवा प्रसारण संस्था

विश्वकपमा निष्पक्षतामाथि बहस – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ विश्वविद्यालयले ‘सीईओ सम्मेलन’ गर्ने

काठमाडौँ विश्वविद्यालयले ‘सीईओ सम्मेलन’ गर्ने

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादी बनाइएका सबै दोषी ठहर

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादी बनाइएका सबै दोषी ठहर

मन्त्री खनाल – सार्वजनिक सेवा प्रसारण संस्था

मन्त्री खनाल – सार्वजनिक सेवा प्रसारण संस्था

यस्तो छ आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति (पूर्णपाठ)

यस्तो छ आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति (पूर्णपाठ)

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त

युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी

युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी