
काठमाडौँ- आज राति मधेस, कोशी, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा मुसलधारे पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले बताएको छ ।
यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको तराई भूभाग र मधेस प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।
भोलि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने पर्सी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षा हुने मौसम विभागको आकलन छ ।
यसैगरी, कोशी प्रदेशको तराई र मधेस प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । विभागले पूर्वतयारी र सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

