होटल संघ नेपाल–बागमती प्रदेशको तदर्थ अध्यक्षमा राम सुन्दर बके

होटल संघ नेपाल–बागमती प्रदेशको तदर्थ अध्यक्षमा राम सुन्दर बके

काठमाडौँ– होटल संघ नेपाल (हान) ले बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा राम सुन्दर बकेलाई मनोनयन गरेको छ ।

संघको असार १४ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार भिलेज हाइल्यान्ड रिसोर्टका प्रबन्ध निर्देशक बकेलाई बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा मनोनयन गरिएको हो ।

संघले बकेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनको नेतृत्वमा बागमती प्रदेशका सबै जिल्लालाई समेट्ने गरी प्रभावकारी, समावेशी र सुदृढ प्रदेश समिति गठन हुने विश्वास व्यक्त गरेको छ ।

हानको विधान तथा कार्यविधिअनुसार बागमती प्रदेशअन्तर्गत रहेका जिल्लाका प्रतिनिधिहरूको सहभागितामा प्रदेश समिति गठन गरी पदाधिकारी तथा सदस्यहरूको नामावली संघको सचिवालयमा उपलब्ध गराउन पनि पत्रमार्फत अनुरोध गरेको छ ।

त्यस्तै प्रदेश स्तरमा होटल तथा पर्यटन क्षेत्रको विकास, व्यावसायिक हित संरक्षण तथा संघको सुदृढीकरणमा बकेको नेतृत्वले महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा हानले गरेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पेट्रोलियम पदार्थको मूल्य घट्यो – सार्वजनिक सेवा प्रसारण संस्था

पेट्रोलियम पदार्थको मूल्य घट्यो – सार्वजनिक सेवा प्रसारण संस्था

सुनचाँदीको मूल्य घट्यो – सार्वजनिक सेवा प्रसारण संस्था

सुनचाँदीको मूल्य घट्यो – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित

राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित

विदेशी आवासीय अनुमति लिएका कर्मचारीलाई कारबाही सिफारिस

विदेशी आवासीय अनुमति लिएका कर्मचारीलाई कारबाही सिफारिस

३३ जना नेपाली कैदीबन्दीलाई आममाफी दिने साउदी अरब सरकारको निर्णय

३३ जना नेपाली कैदीबन्दीलाई आममाफी दिने साउदी अरब सरकारको निर्णय

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण

घरआधारित श्रमिकको अधिकार सुनिश्चित गर्न जोड

घरआधारित श्रमिकको अधिकार सुनिश्चित गर्न जोड