सरकार ‘एक्सप्रेस वे’ मा गुडिरहेको छ,गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छ

सरकार ‘एक्सप्रेस वे’ मा गुडिरहेको छ,गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छ

काठमाडौँ-   प्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाहले रास्वपा नेतृत्वको सरकारको ब्रेक गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताउनुभएको छ ।

रास्वपाको पहिलो महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शाहले सरकारको गति गन्तव्यमा पुगेर मात्र रोकिने स्पष्ट पार्नु भएको हो ।

उहाँले भन्नुभयो, “गाडीमा ब्रेकको चिन्ता लोकल सडकमा हिँड्दा मात्र हुन्छ । हाम्रो गाडी कुनै लोकल सडकमा होइन, ‘एक्सप्रेस वे’ मा गुडिरहेको छ, जुन गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छ ।” उहाँले वर्तमान सरकारको यही कार्यकालभित्रै सुकुम्वासी तथा सहकारी क्षेत्रका समस्यालाई पूर्ण रूपमा समाधान गर्ने दृढ विश्वास दिलाउनुभयो ।

यसअघि उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्ने क्रममा नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवालीले सरकारको सञ्चालनलाई गाडीको ब्रेक र एक्सिलेटरसँग तुलना गर्नुहुँदै ब्रेक र एक्सिलेटर तादम्यता मिलाउनु पर्ने जोड दिनु भएको थियो ।

प्रधानमन्त्री शाहले संघीय संसद् (प्रतिनिधिसभा) मा आफैँले नेपाल–भारत सीमा विवादका सन्दर्भमा दिएको अभिव्यक्तिबारे चितवन पुगेर थप स्पष्टीकरण दिनुभयो ।

संसद्‍मा आफूले भारतसँगको सीमा विवादबारे ब्रिटिस (बेलायत) सँग पनि कुरा गर्न तयार रहेको भनी दिएको अभिव्यक्तिमा तेस्रो देशको मध्यस्थता किन चाहियो भनी उठेका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “हामीसँग कालापानी र लिपुलेक नेपालकै हो भन्ने अकाट्य ऐतिहासिक प्रमाण छ । तत्कालीन समयमा ब्रिटिसले राज गर्दाको प्रमाण आवश्यक परे त्यो पनि ल्याउँछौँ मात्र भनिएको हो, हामीले ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका हैनौँ ।” उहाँले छिमेकी राष्ट्रसँग प्रमाणका आधारमा आफैँ संवाद गरेर सीमा समस्या हल गर्ने उल्लेख गर्दै आफ्नो राष्ट्रियताप्रति कसैलाई पनि आशङ्का नगर्न आग्रह गर्नुभयो ।

महाधिवेशन प्रतिनिधिलाई निर्देशित गर्दै प्रधानमन्त्री शाहले महाधिवेशन अवधिभर दलको आन्तरिक सुदृढीकरणमा केन्द्रित हुन र त्यसपछि पाँच वर्ष देशको बृहत्तर हित र विकासका लागि सोच्न आग्रह गर्नुभयो ।

रास्वपाको एकल सरकार रहेकाले महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा चुनिए पनि वा नचुनिए पनि हरेक रास्वपाकर्मी आफैँमा प्रधानमन्त्री र मन्त्री सरह जिम्मेवार रहेको उहाँको भनाइ छ ।

पार्टीको कार्यशैली र विचारबारे बाहिर चलेका चर्चाको सन्दर्भमा बोल्दै उहाँले बाहिरी हाउभाउ हेर्दा रास्वपा अनियन्त्रित देखिए पनि पूर्ण रूपमा नियन्त्रित र जनउत्तरदायी रहेको दाबी गर्नुभयो ।

रास्वपा पूर्ण रूपमा ‘विकासवादी पार्टी’ भएको प्रष्ट पार्दै उहाँले आगामी निर्वाचनमा आफूहरू केवल सुशासन र विकासको एजेन्डा मात्र लिएर जनतामाझ जाने बताउनुभयो ।

भ्रष्टाचार नियन्त्रणका सवालमा बोल्दै उहाँले भ्रष्टाचार सम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच घण्टा मात्र नभई आवश्यक परे पाँच वर्षसम्म पनि सोधपुछ र छानबिन गर्न त्यो कानुन अनुसार नै गरिने बताउनु भयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सरकार ‘एक्सप्रेस वे’ मा गुडिरहेको छ,गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छ

सरकार ‘एक्सप्रेस वे’ मा गुडिरहेको छ,गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छ

रास्वपालाई काँग्रेस सभापति थापाको आग्रह, निलो झण्डामुनि रातो बलिदान नबिर्सनू

रास्वपालाई काँग्रेस सभापति थापाको आग्रह, निलो झण्डामुनि रातो बलिदान नबिर्सनू

बागमती नदीमा फसेका १४ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार

बागमती नदीमा फसेका १४ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

रास्वपाको निर्वाचन तालिका सार्बजनिक – सार्वजनिक सेवा प्रसारण संस्था

रास्वपाको निर्वाचन तालिका सार्बजनिक – सार्वजनिक सेवा प्रसारण संस्था

महाधिवेशन उद्घाटन सत्रमा शीर्ष नेताहरुले सम्बोधन गर्नुहुने

महाधिवेशन उद्घाटन सत्रमा शीर्ष नेताहरुले सम्बोधन गर्नुहुने

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह