बागमती नदीमा फसेका १४ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार

बागमती नदीमा फसेका १४ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार

रौतहट-रौतहटको दुर्गाभगवती गाउँपालिका–३ स्थित मत्सरी घाटमा बागमती नदीको बीचमा फसेका १४ जना स्थानीय लाई सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ।

शनिबार अपराह्न करिब ३:४० बजे मकैको दाल टिपेर नदी पार गर्दै घर फर्किने क्रममा अचानक बागमती नदीमा पानीको बहाव बढेपछि ११ जना महिला र ३ जना बालिका गरी १४ जना नदीको बीचमा रहेको टापुमा फसेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण मुख्यालय रौतहट तथा मातहतका कार्यालयबाट सशस्त्र प्रहरी निरीक्षक यज्ञबहादुर योञ्जनको कमाण्डमा डीएम (डिजास्टर म्यानेजमेन्ट) टोलीसहित १७ जना सुरक्षाकर्मी र रबर बोटसहितको उद्धार टोली घटनास्थलमा परिचालन गरिएको थियो।

उद्धार टोलीले साँझ करिब ५ बजे रबर बोटमार्फत सबै १४ जनाको सकुशल उद्धार गरी आ–आफ्नो घरतर्फ सुरक्षित पठाएको सशस्त्र प्रहरीले जनाएको छ।

वर्षायाम सुरु भएसँगै नदी तथा खोलामा पानीको बहाव एक्कासि बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सशस्त्र प्रहरीले समेत सर्वसाधारणलाई आग्रह गरेको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सरकार ‘एक्सप्रेस वे’ मा गुडिरहेको छ,गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छ

सरकार ‘एक्सप्रेस वे’ मा गुडिरहेको छ,गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छ

रास्वपालाई काँग्रेस सभापति थापाको आग्रह, निलो झण्डामुनि रातो बलिदान नबिर्सनू

रास्वपालाई काँग्रेस सभापति थापाको आग्रह, निलो झण्डामुनि रातो बलिदान नबिर्सनू

बागमती नदीमा फसेका १४ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार

बागमती नदीमा फसेका १४ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

रास्वपाको निर्वाचन तालिका सार्बजनिक – सार्वजनिक सेवा प्रसारण संस्था

रास्वपाको निर्वाचन तालिका सार्बजनिक – सार्वजनिक सेवा प्रसारण संस्था

महाधिवेशन उद्घाटन सत्रमा शीर्ष नेताहरुले सम्बोधन गर्नुहुने

महाधिवेशन उद्घाटन सत्रमा शीर्ष नेताहरुले सम्बोधन गर्नुहुने

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह