नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षकालागि थुनामा पठाउन आदेश

काठमाडौँ- विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सम्बन्धीको भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन  आदेश गरेको छ ।

मंगलबार विशेष अदालतमा भएको सुनुवाइपछि न्यायाधीशहरूको संयुक्त इजलासले गौतमलाई अनुसन्धानको बाँकी प्रक्रिया पूरा नहुँदासम्म हिरासतमा राख्ने निर्णय गरेको हो।

अदालतमा दायर मुद्दाअनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा करिब ८ करोड ९५ लाख रुपैयाँभन्दा बढी सरकारी रकम अनियमित ढंगले खर्च गरिएको तथा त्यसबाट राज्यलाई आर्थिक क्षति पुगेको आरोप लगाइएको छ।

अनुसन्धान निकायले विमानस्थल निर्माण प्रक्रियामा आर्थिक हिनामिना, प्रक्रिया मिचिएको निर्णय तथा प्राधिकरणको हितविपरीत कार्य भएको दाबी गरेको छ। यही आधारमा अदालतले थप अनुसन्धानका लागि उनलाई थुनामा राख्न आवश्यक देखिएको आदेशमा उल्लेख गरेको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’ उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

एनटिभीकर्मी शिवानीलाई पति वियोग – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधि सभामा बुधबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने

अब ओटिटी प्लेटफर्मबाट नेपालमा सामग्री प्रसारण गर्न अनुमति लिनुपर्ने

अब ओटिटी प्लेटफर्मबाट नेपालमा सामग्री प्रसारण गर्न अनुमति लिनुपर्ने

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षकालागि थुनामा पठाउन आदेश

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षकालागि थुनामा पठाउन आदेश

स्थानीयको गुनासो: ‘वर्षामा ज्यानै जाला कि भन्ने पीर लाग्छ’

रूसी तेल प्रशोदन केन्द्रमा युक्रेनी आक्रमण