स्थानीयको गुनासो: ‘वर्षामा ज्यानै जाला कि भन्ने पीर लाग्छ’

स्थानीयको गुनासो: ‘वर्षामा ज्यानै जाला कि भन्ने पीर लाग्छ’

सिरहा- धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुल निर्माण सुरु भएको डेढ दशक बितिसक्दा पनि अझै सम्पन्न हुन सकेको छैन।

यसबीचमा सरकार फेरिए, मन्त्री फेरिए, जनप्रतिनिधि फेरिए, पुल निर्माण सम्पन्न गराउने अनेकौं प्रतिबद्धता पनि आए, तर ती अधिकांश आश्वासन भाषणमै सिमित भएको भन्दै स्थानीय आक्रशित बनेका छन।

पुल नबन्दा स्थानीयवासी  पीडा र सास्ती भोग्न बाध्य छन्।

हुलाकी राजमार्गअन्तर्गत पर्ने उक्त पुलको निर्माण ठेक्का २०६८ सालमा तीन वर्षभित्र सम्पन्न गर्ने गरी पप्पु कन्स्ट्रक्सनलाई दिइएको थियो। तर निर्माण कार्य समयमै पूरा हुन नसकेपछि ठेकेदार कम्पनी परिवर्तन गरियो, पटक–पटक म्याद थपियो, तर पुल अझै अधुरै छ।

विशेषगरी वर्षायाम सुरु भएसँगै स्थानीयवासीको पीडा झन् बढेको छ। दैनिक जीविकोपार्जन, रोजगारी, व्यापार, शिक्षा तथा उपचारका लागि नदी वारपार गर्नुपर्ने सर्वसाधारण अहिले पनि डुंगाको भरमा ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य छन्।

हाल कमला नदीमा दैनिक दुईवटा डुंगा सञ्चालनमा रहेका छन्। स्थानीयका अनुसार एक जना यात्रुले वारपार गर्न ५० रुपैयाँसम्म तिर्नुपर्छ भने मोटरसाइकल तथा अन्य सामान नदी पार गराउन १५० रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था छ। विकल्प नभएकाले सर्वसाधारण बाध्यतावश जोखिमपूर्ण यात्रा गर्दै अतिरिक्त आर्थिक भारसमेत बेहोर्दै आएका छन्।

२०७८ सालको बाढीले पुलका दुईवटा पिलर भासिएपछि निर्माण कार्य थप प्रभावित बनेको थियो। त्यसपछि बिमा रकमसम्बन्धी विवाद अदालतसम्म पुग्दा निर्माण कार्य झन् लम्बिँदै गयो। पटक–पटक म्याद थपिए पनि पुल सञ्चालनमा आउने मिति भने अझै निश्चित हुन सकेको छैन।

वर्षौंदेखि पुल अलपत्र पर्दा जनकपुरधाम र सिरहाबीचको आवागमन प्रभावित भएको छ। वर्षायाममा डुंगा र हिउँदमा अस्थायी संरचनाको साहारामा यात्रा गर्नुपर्ने बाध्यताले स्थानीयको दैनिकी कष्टकर बनेको छ।

स्थानीयले अब आश्वासन होइन, कमला पुलको निर्माण कार्य तत्काल सम्पन्न गरी सुरक्षित र सहज आवागमनको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।।

Source link

संबधित खबर

धेरै पढ़िएको

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’ उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’ उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

एनटिभीकर्मी शिवानीलाई पति वियोग – सार्वजनिक सेवा प्रसारण संस्था

एनटिभीकर्मी शिवानीलाई पति वियोग – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधि सभामा बुधबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने

प्रतिनिधि सभामा बुधबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने

अब ओटिटी प्लेटफर्मबाट नेपालमा सामग्री प्रसारण गर्न अनुमति लिनुपर्ने

अब ओटिटी प्लेटफर्मबाट नेपालमा सामग्री प्रसारण गर्न अनुमति लिनुपर्ने

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षकालागि थुनामा पठाउन आदेश

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षकालागि थुनामा पठाउन आदेश

स्थानीयको गुनासो: ‘वर्षामा ज्यानै जाला कि भन्ने पीर लाग्छ’

स्थानीयको गुनासो: ‘वर्षामा ज्यानै जाला कि भन्ने पीर लाग्छ’

रूसी तेल प्रशोदन केन्द्रमा युक्रेनी आक्रमण

रूसी तेल प्रशोदन केन्द्रमा युक्रेनी आक्रमण