असामान्य जोडीको कथामा ‘गौँथली’ – सार्वजनिक सेवा प्रसारण संस्था

असामान्य जोडीको कथामा ‘गौँथली’ – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार गरिएको छ । चलचित्रको प्रचारप्रसारका लागि सार्वजनिक गरिएको श्रव्यदृश्यमा अभिनेता अरुण क्षेत्री असामान्य देखिनुभएको छ । अभिनेता क्षेत्रीको असामान्य व्यवहार हेर्दा उहाँ कुनै रोगले पीडित देखिनुभएको छ भने उहाँको विवाह कम उमेरकी युवतीसँग भएको देखाइएको छ । स्कुले विद्यार्थीझैँ देखिने उक्त युवतीको भूमिका अभिनेत्री सिम्रन खड्काले निर्वाह गर्नुभएको छ ।

हेर्दा असामान्य लाग्ने जोडीले विवाहपछि सामना गर्ने चुनौतीकै कथामा चलचित्र तयार गरिएको अभिनेता क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “पढ्ने रहर हुँदाहुँदै कम उमेरमै विवाह गर्नुपरेकी युवती र असामान्य व्यवहार देखाउने जोडीको कथामा चलचित्र तयार भएको छ । झट्ट हेर्दा असामान्य देखिने जोडीले जीवनमा भोग्ने उतारचढावमा शिक्षाले पार्ने प्रभाव चलचित्रमा देखाइएको छ । गम्भीर विषयमा सरल चलचित्र बनाउने कोसिस गरेका छौँ ।”

चलचित्र सामाजिक विषयमा तयार गरिएको छ । उक्त चलचित्रमा अभिनेता क्षेत्रीसँगै सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारले अभिनय गर्नुभएको छ ।

डा भोला रिजालको कथामा आधारित उक्त चलचित्रलाई डा कपिल रिजालले निर्देशन गर्नुभएको छ । निर्देशक रिजालकै पटकथा रहेको उक्त चलचित्रको संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गर्नुभएको हो । निर्देशक रिजालले ‘गौँथली’ले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको बताउनुभयो ।

“हामीले चलचित्रमा घर र परिवारको महत्व देखाउन खोजेका छौँ, जहाँ शिक्षाको महत्त्वपूर्ण भूमिका छ”, निर्देशक रिजालले भन्नुभयो ।

उक्त चलचित्रलाई सुमन गिरी र निर्देशक रिजालले संयुक्त रूपमा निर्माण गर्नुभएको छ । सङ्गीतकार शम्भुजीत बाँस्कोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीले सङ्गीत सृजना गर्नुभएको चलचित्र ‘गौँथली’मा एलिस कार्कीले पाश्र्वसङ्गीत सृजना, मिलन श्रेष्ठले सम्पादन गर्नुभएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो

बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो

परराष्ट्रमन्त्री खनाल बेइजिङमा – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल बेइजिङमा – सार्वजनिक सेवा प्रसारण संस्था

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना