रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

चन्द्रपुर (रौतहट)- रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले मङ्गलबार उद्घाटन गर्नुभयो ।

केन्द्रले किसानलाई मौसमसम्बन्धी विभिन्न पूर्वानुमान उपलब्ध गराउनेछ । तापक्रम, वर्षा, हावाको गति मौसमसम्बन्धी तथ्याङ्क केन्द्रमा सङ्कलन हुनेछ । मौसमको अवस्था हेरेर बाली कहिले लगाउने, सिँचाइ कहिले गर्ने र मल तथा औषधि कहिले प्रयोग गर्ने लगायतका विषयमा केन्द्रले जानकारी दिनेछ ।

जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या राय यादवले किसानको बाहुल्य भएको रौतहटमा हरेक पालिकाका किसानका लागि यसप्रकारको केन्द्र आवश्यक भएको बताउनुभयो ।

जल तथा मौसम विभाग मधेश प्रदेशका प्रमुख राजीवकुमार झाले केन्द्र हरेक पाँच किलोमिटरको दूरीमा राख्नुपर्ने बताउनुभयो । वन क्षेत्रको संरक्षण, पूर्वाधार विकासमा समेत केन्द्रमा महत्वपूर्ण भूमिका हुने कार्यालय प्रमुख झाले बताउनुभयो ।

अहिलेको अवस्थामा कृषि तथा जलवायु मौसम मापन केन्द्रबाट ८० प्रतिशत प्रक्षेपण मिलेको उहाँको भनाइ छ । केन्द्रले असिना, खडेरी, अत्यधिक वर्षा वा बाढी जस्ता प्राकृतिक प्रकोपसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजालले मानवीय क्षति न्यूनीकरण गर्न केन्द्रले सहयोग गर्ने धारणा राख्नुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

च्याङथापूका २६ घर उच्च जोखिममा

च्याङथापूका २६ घर उच्च जोखिममा

कोशी प्रदेशसभा बैठक अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

कोशी प्रदेशसभा बैठक अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

जेठ १५ गते अपराह्न ४ बजे आगामी आर्थिक वर्षको बजेट पेश हुने

जेठ १५ गते अपराह्न ४ बजे आगामी आर्थिक वर्षको बजेट पेश हुने

भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने  विद्यालयहरूको ठेक्का सम्झौता सम्पन्न

भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने  विद्यालयहरूको ठेक्का सम्झौता सम्पन्न

शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

आठ विश्वविद्यालयका उपकुलपतिका लागि योग्य दरखास्त स्वीकृत

आठ विश्वविद्यालयका उपकुलपतिका लागि योग्य दरखास्त स्वीकृत

भदौ २३ र २४ गतेको घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक (पूर्ण पाठ)

भदौ २३ र २४ गतेको घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक (पूर्ण पाठ)