प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु

प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु

कैलाली- धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित धार्मिक एवं ऐतिहासिक महत्वको बेहडाबाबामा आजदेखि गङ्गादशहरा मेला सुरु भएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले आज राति १२ः०० बजे जल चढाएर पूजाअर्चना गरी मेला सुरुवात गर्ने परम्परा रहेको बताउनुभयो । यहाँ पूजाआजाका साथै दर्शनका लागि कैलाली, कञ्चनपुरलगायत प्रदेशका विभिन्न स्थानका मानिसहरु आउने गरेका छन् ।

परापूर्वकालमा त्यहाँ शिवलिङ्ग उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको कथन छ । मन्दिरको दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रही आएको छ । खासगरी पुत्रलाभदेखि सङ्कटमोचन गर्ने शक्ति बेहडाबाबा मन्दिरमा रहेको विश्वास भक्तजनहरुमा छ ।

त्यस्तै यहाँ पूजाआजा तथा दर्शन गर्न आउने भक्तजनहरुको सहजताका लागि सडक मर्मत, बत्ती जडानलगायतको व्यवस्थापन गरिएको आयोजक व्यवस्थापन समितिले जनाएको छ । बेहडाबाबा मन्दिरमा पूजाका लागि छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट समेत भक्तजनहरु आउने गरेका छन् ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले विभिन्न चाडपर्वमध्ये गङ्गादशहरा पनि यहाँको महत्वपूर्ण चाड रहेको बताउनुभयो । मेलाका अवसरमा उपमहानगरले सार्वजनिक बिदा पनि दिएको छ । यहाँ आउने भक्तजनहरुको सहजताका लागि निःशुल्क बस सञ्चालन गरिएको छ । आजबाट सुरु भएको मेला जेठ १५ गतेसम्म सञ्चालन हुनेछ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

कास्कीमा रोपाइँ तीव्र

कास्कीमा रोपाइँ तीव्र

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

आधुनिक ‘रक बोल्टिङ’ र ‘एङ्करिङ’ प्रविधिबाट पहिरो नियन्त्रण गरिँदै

आधुनिक ‘रक बोल्टिङ’ र ‘एङ्करिङ’ प्रविधिबाट पहिरो नियन्त्रण गरिँदै

पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमाथि असार १६ गते सुनुवाइ हुने

पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमाथि असार १६ गते सुनुवाइ हुने

मृत्यु हुनेको संख्या करिव ६ सय पुग्यो – सार्वजनिक सेवा प्रसारण संस्था

मृत्यु हुनेको संख्या करिव ६ सय पुग्यो – सार्वजनिक सेवा प्रसारण संस्था

उपसभापतिमा सोबिता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित

उपसभापतिमा सोबिता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित