तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४–१५ मा

तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४–१५ मा

काठमाडौं -“तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता” को तेस्रो संस्करण आगामी जेठ १४ र १५ गते काठमाडौंमा आयोजना हुने भएको छ ।

नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसन को संयुक्त आयोजनामा हुने प्रतियोगितामा नेपाली तथा विदेशी आरोहीहरूको सहभागिता रहनेछ ।

प्रतियोगितामा पुरुष तथा महिला विधामा छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । विजेताहरूले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार यस वर्ष पहिलो पटक लिड क्लाइम्बिङ विधामा प्रतियोगिता हुन लागेको हो । यसअघि प्रतियोगिता टप–रोप क्लाइम्बिङमा मात्र सीमित थियो ।

नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका अध्यक्ष तुल सिङ गुरुङका अनुसार हालसम्म २२ पुरुष र १० महिला आरोहीले नाम दर्ता गराइसकेका छन् । यस वर्ष करिब ४० पुरुष र १५ महिला सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिता तेन्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीले सन् १९५३ मे २९ मा सगरमाथाको पहिलो सफल आरोहण गरेको ऐतिहासिक सम्झनामा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त

समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

खडेरीका कारण सुक्न थाल्यो मकैबाली

खडेरीका कारण सुक्न थाल्यो मकैबाली

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा