भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा

भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा

सिद्धार्थनगर– सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा गर्नुभएको छ ।

यहाँ आयोजित ‘भैरहवा सहरः उद्योग, पर्यटन र व्यापार’ विषयक बहसपछि साझा प्रतिबद्धता जनाउँदै नगर प्रमुख खानले भैरहवालाई नेपालको नमूना पर्यटकीय सहरका रूपमा विकास गर्न नगरपालिकाले नीति तथा कार्यक्रममार्फत पहल गर्ने बताउनुभयो ।

बहसमा सहभागी पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठ (सिपी)ले स्थल र हवाईमार्गबाट सहज पहुँच रहेको भैरहवालाई पर्यटकीय हबका रूपमा विकास गर्न ढिलाइ गर्न नहुने धारणा राख्नुभयो ।

होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य तथा सिद्धार्थ होटल एसोसिएसन (सान)का अध्यक्षसमेत रहेका उहाँले आगामी बजेट तथा कार्यक्रममा भैरहवालाई पर्यटकीय सहरका रूपमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

स्थलमार्ग हुँदै तेस्रो मुलुकका सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका भैरहवामै पर्दछ । बेलहिया र भैरहवाबाट नेपालका विभिन्न स्थानमा सिधा बस सेवा सञ्चालन हुँदै आएको छ । सिद्धार्थ यातायात र पश्चिम नेपाल बस समितिले सञ्चालन गरेका सयौँ बसले दैनिक सेवा दिइरहेका छन् ।

बहसमा सहभागीहरुले पर्यटकीयस्तरका होटल, स्पा, क्यासिनो, क्लब तथा पर्यटकीय रेष्टुराँ पर्याप्त रहेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट देशका विभिन्न स्थानमा आन्तरिक उडान विस्तार गर्न नगर सरकारले पहल गर्नुपर्ने सुझाव दिएका थिए ।

निर्माण व्यवसायी महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष टोपबहादुर रायमाझीले भैरहवालाई सुन्दर र पर्यटकीय सहरका रूपमा विकास गर्न निर्माण व्यवसायीले पूर्ण साथ दिने बताउनुभयो । उहाँले निर्माण व्यवसायीले गरेको कामको ठूलो रकम अझै भुक्तानी नपाए पनि भैरहवालाई पर्यटकीय र व्यवस्थित सहर बनाउन सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा चेम्बर अफ कमर्स लुम्बिनीका कोषाध्यक्ष खिमबहादुर खत्रीले भैरहवाको व्यापार र पर्यटनमैत्री वातावरणलाई थप व्यवस्थित बनाउन नगर सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

महिला उद्यमी सलुजा रामदमले भैरहवालाई महिलामैत्री सहरका रूपमा विकास गर्न सके पर्यटन र उद्यमशीलता दुवै क्षेत्र विस्तार हुने धारणा राख्नुभयो । उहाँले महिला उद्यमीलाई प्रोत्साहन गर्ने विशेष कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

रास्वपामा पदाधिकारीहरुका लागि निर्वाचनको तयारी

रास्वपामा पदाधिकारीहरुका लागि निर्वाचनको तयारी

हर्मुजमा इरानको चेतावनी – सार्वजनिक सेवा प्रसारण संस्था

हर्मुजमा इरानको चेतावनी – सार्वजनिक सेवा प्रसारण संस्था

जनविश्वास भएन भने सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

जनविश्वास भएन भने सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश