Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
अर्थमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था – Khabarofnepal

अर्थमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

अर्थमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुदूरपश्चिम, कर्णालीलगायत बहिस्करणमा परेका क्षेत्रलाई बजेट विनियोजनलाई विशेष प्राथमिकतामा राखिने बताउनुभएको छ ।

आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफलमा सांसदहरूले उठाउनुभएको प्रश्नको जवाफमा अर्थमन्त्रीले कमजोर वर्गलाई माथि उठाएर नै मध्यम वर्गको विस्तार गरिने उल्लेख गर्नुभयो ।

विकासको मार्गचित्र स्पष्ट भए मात्रै सहज रूपमा कार्यान्वयन हुने मान्यतामा आफू रहेको स्पष्ट पार्दै अर्थमन्त्रीले पहिलो पटक ‘मिसन मोड’लाई अभ्यासमा राखिएको बताउनुभयो ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले सरकारको दृष्टिकोण मात्रै प्रतिबिम्बित गर्दैन कार्यान्वयमा पनि इमान्दार प्रयत्न गर्नुपर्छ भन्नेमा पनि आफू स्पष्ट रहेको उहाँले उल्लेख गर्नुभयो ।

सभामुख डोलप्रसाद अर्यालले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका सम्बन्धमा सांसदहरूले राख्नुभएको सुझाव र धारणा समेटेर सङ्घीय संसद् सचिवालयले आवश्यक प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थमन्त्रालयमा पेस गरिने जानकारी गराउनुभयो ।

त्यसअघि छलफलमा भाग लिँदै सांसद अर्जुनकुमार कार्की गरिब र गरिबी भन्ने कुनै पनि शब्द विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तमा कहीँ कतै पनि समावेश नभएकामा गुनासो गर्नुभयो ।

सांसद इन्दिरा राना मगरले गरिबीको रेखामुनि रहेका स्वास्थ्योपचार नपाएका नागरिकलाई सम्बोधन गर्नैपर्ने र स्वास्थ्य शिक्षाका विषयलाई थप प्राथमिकतामा राख्न आग्रह गर्दै विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तको समर्थन गर्नुभयो ।

सांसद योगेश गौचन थकालीले दैनिक ठूलो सङ्ख्यामा नेपाली नागरिक विदेशिएको तथ्याङ्क पेस गर्दै आर्थिक रूपमा सक्रिय युवा जनसङ्ख्या पलायन हुँदा पर्ने प्रभावलाई न्यून गर्ने खालको बजेट विनियोजन हुनुपर्ने विचार राख्नुभयो ।

सांसद क्षितिथ थेवेले तमोर जलाशयशयुक्त आयोजनालाई प्राथमिकतामा राख्न, अलैँचीको समर्थन मूल्य तोक्न, जडीबुटी उत्पादन, प्रशोधन गर्ने प्रणालीको विकास गर्न, किसानको उत्पादनलाई घरघरमा नै मूल्य दिने व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद सागर भुषालल विनियोजन विधेयक केवल खर्चको दस्तावेज नभएर देशको सम्भावना, आत्मनिर्भरता र समृद्धिको स्पष्ट मार्गचित्र भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “सीमित स्रोत र चुनौतीपूर्ण आर्थिक परिस्थितिका बीच पनि उत्पादन, रोजगारी, सुशासन र जनविश्वासलाई केन्द्रमा राखेर यति दूरदर्शी सिद्धान्त र प्राथमिकता ल्याउनु वास्तवमै प्रशंसनीय कार्य हो ।”

सांसद विक्रम थापाले विनियोजन विधेयकमा कृषि र बहुआयामिक विषय, सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता समेटिनु सकारात्मक भएको टिप्पणी गर्नुभयो ।

सांसद समीक्षा बाँस्कोटा, जगदीश खरेल (ललितपुर), प्रशान्त उप्रेती र नरेन्द्रकुमार गुप्ताले अनुष्का श्रेष्ठ, रुक्मिणी देवी कोइराला, अच्युत्तम लामिछाने, भरतबहादुर खड्का, राम लामा, राजन गौतम, श्रद्धा कुँवर श्रेत्री, रुकेश रञ्जितलगायतले छलफलमा भाग लिनुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ६ गते बिहान ११ बजे बस्नेछ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

India’s Got Latent 2 MC Stan Episode Dailymotion: Who Are The Panelists Of Samay Raina Show New Episode 8 YouTube | Where To Watch India’s Got Latent 2 MC Stan Episode Online? | When Will India’s Got Latent 2 Ayushmann Episode October 25 Episode Drop On Dailymotion

Highest Grossing Kollywood Films Overseas: Superstar Rajinikanth starrer Jailer 2 tops, First to USD 25 million

Ciara Miller and Kyle Cooke Kiss in Shocking Summer House Sneak Peek

10 Biopics We Love: From Rajkummar Rao’s Prahaar to Aamir Khan’s Dangal

Shilpa Rao Mumbai Show Controversy: Did Singer Interrupt Another Artist’s Set? Blame Game Erupts Online | Shilpa Rao Concert Bollywood Music Project | Bollywood Music Project 2026 Controversy What Really Happened | Shilpa Rao Instagram Mumbai Concert Bollywood Music Project

Drishyam The Conclusion Box Office Collections: Ajay Devgn’s thriller registers good growth on 4th Saturday, nets Rs 353 crore in 23 days

Inside Katy Perry, Justin Trudeau’s Surprising Relationship