अर्थमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

अर्थमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुदूरपश्चिम, कर्णालीलगायत बहिस्करणमा परेका क्षेत्रलाई बजेट विनियोजनलाई विशेष प्राथमिकतामा राखिने बताउनुभएको छ ।

आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफलमा सांसदहरूले उठाउनुभएको प्रश्नको जवाफमा अर्थमन्त्रीले कमजोर वर्गलाई माथि उठाएर नै मध्यम वर्गको विस्तार गरिने उल्लेख गर्नुभयो ।

विकासको मार्गचित्र स्पष्ट भए मात्रै सहज रूपमा कार्यान्वयन हुने मान्यतामा आफू रहेको स्पष्ट पार्दै अर्थमन्त्रीले पहिलो पटक ‘मिसन मोड’लाई अभ्यासमा राखिएको बताउनुभयो ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले सरकारको दृष्टिकोण मात्रै प्रतिबिम्बित गर्दैन कार्यान्वयमा पनि इमान्दार प्रयत्न गर्नुपर्छ भन्नेमा पनि आफू स्पष्ट रहेको उहाँले उल्लेख गर्नुभयो ।

सभामुख डोलप्रसाद अर्यालले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका सम्बन्धमा सांसदहरूले राख्नुभएको सुझाव र धारणा समेटेर सङ्घीय संसद् सचिवालयले आवश्यक प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थमन्त्रालयमा पेस गरिने जानकारी गराउनुभयो ।

त्यसअघि छलफलमा भाग लिँदै सांसद अर्जुनकुमार कार्की गरिब र गरिबी भन्ने कुनै पनि शब्द विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तमा कहीँ कतै पनि समावेश नभएकामा गुनासो गर्नुभयो ।

सांसद इन्दिरा राना मगरले गरिबीको रेखामुनि रहेका स्वास्थ्योपचार नपाएका नागरिकलाई सम्बोधन गर्नैपर्ने र स्वास्थ्य शिक्षाका विषयलाई थप प्राथमिकतामा राख्न आग्रह गर्दै विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तको समर्थन गर्नुभयो ।

सांसद योगेश गौचन थकालीले दैनिक ठूलो सङ्ख्यामा नेपाली नागरिक विदेशिएको तथ्याङ्क पेस गर्दै आर्थिक रूपमा सक्रिय युवा जनसङ्ख्या पलायन हुँदा पर्ने प्रभावलाई न्यून गर्ने खालको बजेट विनियोजन हुनुपर्ने विचार राख्नुभयो ।

सांसद क्षितिथ थेवेले तमोर जलाशयशयुक्त आयोजनालाई प्राथमिकतामा राख्न, अलैँचीको समर्थन मूल्य तोक्न, जडीबुटी उत्पादन, प्रशोधन गर्ने प्रणालीको विकास गर्न, किसानको उत्पादनलाई घरघरमा नै मूल्य दिने व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद सागर भुषालल विनियोजन विधेयक केवल खर्चको दस्तावेज नभएर देशको सम्भावना, आत्मनिर्भरता र समृद्धिको स्पष्ट मार्गचित्र भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “सीमित स्रोत र चुनौतीपूर्ण आर्थिक परिस्थितिका बीच पनि उत्पादन, रोजगारी, सुशासन र जनविश्वासलाई केन्द्रमा राखेर यति दूरदर्शी सिद्धान्त र प्राथमिकता ल्याउनु वास्तवमै प्रशंसनीय कार्य हो ।”

सांसद विक्रम थापाले विनियोजन विधेयकमा कृषि र बहुआयामिक विषय, सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता समेटिनु सकारात्मक भएको टिप्पणी गर्नुभयो ।

सांसद समीक्षा बाँस्कोटा, जगदीश खरेल (ललितपुर), प्रशान्त उप्रेती र नरेन्द्रकुमार गुप्ताले अनुष्का श्रेष्ठ, रुक्मिणी देवी कोइराला, अच्युत्तम लामिछाने, भरतबहादुर खड्का, राम लामा, राजन गौतम, श्रद्धा कुँवर श्रेत्री, रुकेश रञ्जितलगायतले छलफलमा भाग लिनुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ६ गते बिहान ११ बजे बस्नेछ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता – सार्वजनिक सेवा प्रसारण संस्था

आइतबारको बिदा खारेज गर्न लागिएको होइन 

आइतबारको बिदा खारेज गर्न लागिएको होइन 

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुक्खा क्षेत्रमा सिँचाइ 

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुक्खा क्षेत्रमा सिँचाइ 

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री