प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीले गर्‍यो ‘प्ले कार्ड’ देखाएर विरोध

प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीले गर्‍यो ‘प्ले कार्ड’ देखाएर विरोध

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध जनाउनुभएको छ ।

बैठक प्रारम्भ हुनासाथ सो पार्टीका अध्यक्ष हर्कराज राईसहितका सदस्यहरुले आफ्नो स्थानबाट उठेर सरकारको विरोध गरिएका ‘प्ले कार्ड’ देखाउँदै सभामुखको वेल घराउ गर्न पुग्दा मर्यादापालकले रोकेका थिए । उक्त पार्टीको विरोधप्रति ध्यानाकर्षण गराउँदै सभामुख डोलप्रसाद अर्यालले पर्चा देखाएर सदनमा विरोध गर्ने शैली संसदीय अभ्यास र मर्यादाविपरीत भएको बताउनुभयो ।

उहाँले यस प्रकारको विरोध आगामी दिनमा नगर्न आदेश दिनुभयो । सो पार्टीले नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयमाथि जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित नभएपछि यसअघिको गत वैशाख ३१ गतेको बैठक बहिष्कार गरेको थियो ।

आजको बैठकमा कार्यव्यवस्था परामर्श समितिमा रहनुहुने सदस्यहरुको हेरफेर, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस र आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका कार्यसूची रहेको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान, विपद्को पूर्वतयारीमा जुट्न निर्देशन

असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान, विपद्को पूर्वतयारीमा जुट्न निर्देशन

रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट  १० अर्बको स्रोत सहमति

रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट  १० अर्बको स्रोत सहमति

शुक्रबारदेखि सोमबारसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

शुक्रबारदेखि सोमबारसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सांसदको माग

स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सांसदको माग

असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने गरी मर्मत तीव्र

असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने गरी मर्मत तीव्र