स्कटल्याण्डले दियो नेपाललाई १९५ रनको सामान्य लक्ष्य

स्कटल्याण्डले दियो नेपाललाई १९५ रनको सामान्य लक्ष्य

काठमाडौँ- आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल जारी छ । पहिलो इनिङको खेल सकिँदा स्कटल्याण्डले नेपाललाई १९५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । नेपालको कसिलो बलिङका कारण स्कटल्याण्ड सस्तैमा समेटिएको हो ।

नेपालका लागि ललित राजवंशीले ४ र सन्दीप लामिछानेले ३ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ३९.१ ओभरमा सबै विकेट गुमाएर मात्र १९४ रन जोडेको हो ।

  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको आजको खेलमा नेपाली टोलीमा कुनै पनि परिवर्तन भएको छैन । आजको प्लेइङ–११ मा कुशल भुर्तेल, आशीफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे, गुल्शन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।

नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्याण्डले आफ्ना दुवै खेलमा विजयी भएको छ । स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।

तेस्रो खेल नेपाल र अमेरिकाबीच भएको थियो । गत शनिबार सम्पन्न उक्त खेलमा नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावनालाई जीवितै राख्न चाहन्छ ।

आइसिसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै १० वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।

नेपाल अहिले २६ खेलपछि नौमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै २० अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ । साथै स्कटल्याण्ड पहिलो स्थानमा छ । स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र छ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण

भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण

यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन

यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन

खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी