कृषिमा आधुनिक प्रविधिको प्रयोग: ड्रोनबाट औषधि छर्कने काम प्रभावकारी

कृषिमा आधुनिक प्रविधिको प्रयोग: ड्रोनबाट औषधि छर्कने काम प्रभावकारी

बारा- परम्परागत कृषि प्रणालीमा आधारित बारा निजगढका किसानहरुले अब प्रबिधिको प्रयोग गरी कृषि बालीमा औषधि र भिटामिन छर्न शुरु गरेका छन  ।
बिषादी छर्दा मानव स्वास्थ्यमा समस्या भएका कारण औषधि छर्ने मानिस नपाउने अबस्थामा अब निजगढमा पहिलो पटक केरा किसानहरुले केरामा औषधि र भिटामिन छर्न आधुनिक प्रबिधि अर्थात ड्रोन प्रयोग गर्न शुरु गरेका हुन्।
राष्ट्रिय कृषि आधुनिकीकरण र कृषि ज्ञान केन्द्र बाराको ५० प्रतिशत अनुदान सहयोगमा १६ लाख रुपैँयामा खरिद गरी ड्रोन ल्याएपछि अहिले प्रयोगमा आएको हो ।
किसानलाई औषधि हाल्न समस्या र म्यान पावर नहुँदा समस्या हुँदै आएको अबस्थामा ड्रोनका कारण समयको बचत, सुरक्षित र लागत घटाउने राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, केरा जोन बाराका संयोजक हिरा सारु मगरले जानकारी दिनु भएको छ ।
कृषिमा ड्रोनको प्रयोग भएको जानकारी पाएपछि निजगढ गौरी शंकर बिद्यालय निजगढ-८ का कृषि बाली विज्ञान प्राबिधिक बिषयका बिद्यार्थीहरुले यसको जानकारी पनि लिएका छन।
अबलोकन पछि छिटो गर्न उपयोगी हुने र पढाइ र अध्ययनमा समेत सहयोगी हुने उनीहरुको बुझाइ छ ।
परम्परागत कृषि प्रणाली हटाएर आधुनिक प्रविधि भित्र्याउन आबश्यक भएको बताउँदै कृषिमा युवाको पहुँच र लागत घटाउन सहयोगी हुने कृषि प्राबिधिक समेत रहेका बिक्रेता अनौज अधिकारी बताउनुहुन्छ ।
मधेश प्रदेशमै पहिलो पटक कृषिमा भिटामिन र औषधि छर्न ड्रोनको प्रयोगले कृषिमा युवाहरुको सहभागिता सँगै समय र लागत घटाउन सहयोगी हुने यस्ता कार्यक्रमलाई सरकारले प्रवर्द्धन गर्न आबश्यक रहेको किसानहरु बताउँछन।।

Source link

संबधित खबर

धेरै पढ़िएको

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता

प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता

छारेभिरको पहिरो पन्छाउन सकस – सार्वजनिक सेवा प्रसारण संस्था

छारेभिरको पहिरो पन्छाउन सकस – सार्वजनिक सेवा प्रसारण संस्था

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल – सार्वजनिक सेवा प्रसारण संस्था

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल – सार्वजनिक सेवा प्रसारण संस्था

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था