जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

झापा- जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका-२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन् ।

जङ्गलीबाट ल्याइएको च्याउ पकाएर खाएपछि परिवार सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवाससहित आठ जना बालबालिका बिरामी परेका हुन् ।

बिरामीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकामा प्रारम्भिक उपचारपछि नौ जनालाई दमकस्थित बाल अस्पतालमा थप उपचारका लागि पठाइएको खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीमध्ये दुई जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य छ ।

यसैबीच, प्रहरीले जङ्गली च्याउ सेवन गर्दा विषाक्त हुने र स्वास्थ्य समस्याको जोखिम रहने भएकाले पहिचान नभएका च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १२ बाट घटाएर ८ मा झारियो

लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १२ बाट घटाएर ८ मा झारियो

घट्यो सुनचाँदीको मूल्य – सार्वजनिक सेवा प्रसारण संस्था

घट्यो सुनचाँदीको मूल्य – सार्वजनिक सेवा प्रसारण संस्था

कृषिमा आधुनिक प्रविधिको प्रयोग: ड्रोनबाट औषधि छर्कने काम प्रभावकारी

कृषिमा आधुनिक प्रविधिको प्रयोग: ड्रोनबाट औषधि छर्कने काम प्रभावकारी

राष्ट्रपति पौडेल – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रपति पौडेल – सार्वजनिक सेवा प्रसारण संस्था

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी