ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म छब्बिस करोड बढी राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म छब्बिस करोड बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकमाथि कारबाही गरी रु २६ करोड १९ लाख ३१ हजार १७७ राजस्व सङ्कलन गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले उपत्यकाभित्र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले नियमित चेकजाँच, सचेतनामूलक अभियान, ट्राफिक नियम पालनामा कडाइ गरिनाका साथै नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने तीन लाख ७३ हजार ५६२ चालकलाई कारबाही गरिएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले एउटै कसुरमा पटकपटक संलग्न हुने चालकमाथि थप कडाइ गरिएको बताउँदै पाँच पटकभन्दा बढी कारबाहीमा परेका चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभागमा पत्र पठाइएको जानकारी दिनुभयो । हालसम्म ३१ जना चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि सिफारिस गरिएको उहाँले बताउनुभयो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख अधिकारीका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म काठमाडौँ उपत्यकाभित्र चार हजार ६३१ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी १७४ जनाले ज्यान गुमाएका छन् भने १८६ जना गम्भीर घाइते भएका छन् । साथै चार हजार ९२७ जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, लेन मिच्ने, रातोबत्ती उल्लङ्घन गर्नेलगायत कारण दुर्घटनाको जोखिम बढिरहेको जनाएको छ ।

नियम नमान्ने कारबाहीमा

प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष ट्राफिक चेकिङ अभियानका क्रममा तीन लाख ७३ हजार ५६२ चालकलाई कारबाही गरिएको छ ।

मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने २३ हजार ४८, रातोबत्तीको नियम उल्लङ्घन गर्ने २८ हजार ३०८, तीव्र गतिमा सवारी चलाउने २३ हजार ७७२, लेनक्रस गर्ने २३ हजार ९८४, सवारीको स्वरुप परिवर्तन गर्ने एक हजार ४५०, भाडा बढी असुल्ने ८९०, लागु पदार्थ सेवन (लापसे) १२४, यान्त्रिक अवस्था ठिक नभएका सवारी दुई हजार ८३१, मोड्न निषेध उल्लङ्घन गर्ने ३७ हजार ४७२, हर्न निषेधमा छ हजार २५७, डबल चालक ३५०, सवारीचालक अनुमतिपत्रबिना सवारी चलाउने १० हजार ४८९ चालकलाई कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य कारबाहीमा दुई लाख, १४ हजार ५८७ परेका छन् ।

सचेतना र निगरानीलाई प्राथमिकता

ट्राफिक प्रहरीले पछिल्लो समय उपत्यकामा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन डिजिटल निगरानी, सिसिटिभीमार्फत अनुगमन तथा विशेष चेकिङ अभियानलाई तीव्र बनाएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी पछिल्लो समय सक्रिय बनेको छ र नियमित अनुगमन र चेकजाँच गरिरहेको छ । यसका लागि चालक तथा यात्रु दुवैको सचेतना पनि आवश्यक छ ।”

प्रहरीले मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारी चलाउनु कानुन विपरीत तथा दण्डनीय कार्य भएकाले यस्ता गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी दिन आग्रह गरेको छ । ट्राफिक प्रहरीले नियम पालना, सुरक्षित यात्रा र अनुशासित सवारी सञ्चालनमार्फत मात्रै दुर्घटना न्यूनीकरण गर्न सकिने भन्दै सबै चालक तथा सर्वसाधारणलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Sydney Sweeney, Marilyn Monroe, More Celebs Who Are Related

Sydney Sweeney, Marilyn Monroe, More Celebs Who Are Related

“Hero nahi…tu actor hai” – Shah Rukh Khan Recalls Nana Patekar’s advice

“Hero nahi…tu actor hai” – Shah Rukh Khan Recalls Nana Patekar’s advice

Nana Patekar Death Update | Nana Patekar Wife Son Family | Who Is Neelkanti Patekar | Was Nana Patekar Neelkant Patekar Divorced | Nana Patekar Neelkanti Patekar Separation Reason

Nana Patekar Death Update | Nana Patekar Wife Son Family | Who Is Neelkanti Patekar | Was Nana Patekar Neelkant Patekar Divorced | Nana Patekar Neelkanti Patekar Separation Reason

Thalapathy Vijay’s son Jason Sanjay to make his acting debut with Sigma makers? Here’s what we know

Thalapathy Vijay’s son Jason Sanjay to make his acting debut with Sigma makers? Here’s what we know

Drew Barrymore’s Beautiful Walmart Kitchen Line Is All Under 0

Drew Barrymore’s Beautiful Walmart Kitchen Line Is All Under $100

Nana Patekar To Be Seen For The Last Time In Shakti Shalini Alongside Aneet Padda

Nana Patekar To Be Seen For The Last Time In Shakti Shalini Alongside Aneet Padda

Nana Patekar Death Tanushree Dutta Reaction | Tanushree Dutta First Reaction Nana Patekar Death | Tanushree Dutta Calls Nana Patekar Evil | Tanushree Dutta Nana Patekar Controversy | Tanushree Dutta Nana Patekar MeToo Controversy | When Did Nana Patekar Die