कालीगण्डकी ‘ए’ जलविद्युत मर्मतका लागि आजदेखि ड्यामका सबै गेट खुल्ने

कालीगण्डकी ‘ए’ जलविद्युत मर्मतका लागि आजदेखि ड्यामका सबै गेट खुल्ने

गुल्मी- कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा नियमित मर्मत सम्भार कार्यका लागि आज साँझ ५ बजेदेखि ड्यामका सबै गेट खोलिने भएका छन्। नेपाल विद्युत प्राधिकरणका अनुसार केन्द्रका तीनवटै टर्बाइन बन्द गरी सुरुङमार्फत पावरहाउसतर्फ जाने पानी डाइभर्सन गरिनेछ।

मर्मत कार्यका क्रममा नदीलाई पुरानै बहाव क्षेत्रमा पठाइने भएकाले कालीगण्डकी नदीको जलसतह बढ्न सक्ने जनाइएको छ। संभावित जोखिमलाई ध्यानमा राख्दै तीन जिल्लाका गुल्मी,पाल्पा र स्याङ्जा जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक जानकारी गराइसकिएको प्राधिकरणले जनाएको छ।

इलाका प्रहरी कार्यालय रिडीले नदि किनारमा जोखिम बढ्ने भन्दै माइकिङ गरिरहेको छ । प्राधिकरणले नदी किनार तथा आसपास क्षेत्रमा राखिएका निर्माण सामग्री लगायतका सामान तत्काल सुरक्षित स्थानमा सार्न र अनावश्यक रूपमा नदी किनारमा नजान स्थानीयवासीलाई आग्रह गरेको छ।

प्राधिकरणका अनुसार आगामी वैशाख २९ गते बिहानदेखि ड्यामका गेटहरू बन्द हुनेछन् ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

अमेरिका र चीनबीच व्यापार सहमति

अमेरिका र चीनबीच व्यापार सहमति

लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १२ बाट घटाएर ८ मा झारियो

लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १२ बाट घटाएर ८ मा झारियो

घट्यो सुनचाँदीको मूल्य – सार्वजनिक सेवा प्रसारण संस्था

घट्यो सुनचाँदीको मूल्य – सार्वजनिक सेवा प्रसारण संस्था

कृषिमा आधुनिक प्रविधिको प्रयोग: ड्रोनबाट औषधि छर्कने काम प्रभावकारी

कृषिमा आधुनिक प्रविधिको प्रयोग: ड्रोनबाट औषधि छर्कने काम प्रभावकारी

राष्ट्रपति पौडेल – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रपति पौडेल – सार्वजनिक सेवा प्रसारण संस्था

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै