सरकारले ल्याएका अध्यादेशमाथि संशोधन प्रस्ताव दर्ता गराउने काँग्रेसको तयारी

सरकारले ल्याएका अध्यादेशमाथि संशोधन प्रस्ताव दर्ता गराउने काँग्रेसको तयारी

काठमाडौँ- नेपाली काँग्रेसले सरकारले ल्याएको अध्यादेशविरुद्ध संसदमा शशक्त आवाज उठाउने भएको छ । काँग्रेस संसदीय दलको आज बसेको बैठकले खासगरी संबैधानिक परिषद सम्बन्धी अध्यादेशमा भएको व्यवस्थाको विरोध गर्ने भएको हो ।

सिंहदरवारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकमा पार्टी सभापति गगन थापाले अध्यादेशमाथि संशोधन प्रस्ताव हाल्ने विषयमा पार्टीले गृहकार्य गरिरहेको जानकारी दिनुभएको थियो ।

सांसदहरुलाई सभापति थापाले आगामी संसदको बैठकमा प्रस्तुत हुने तरीका र विषयका बारेमा तयारी गर्न समेत निर्देशन दिनुभएको राष्ट्रिय सभामा नेपाली काँग्रेस संसदीय दलकी नेता कमला पन्तले जानकारी दिनुभयो ।

काँग्रेसले आउँदो संसद बैठकमा सुकुम्बासी र अव्यवस्थित वस्तीको व्यवस्थापनको बारेमा समेत सरकारलाई प्रश्न गर्ने तयारी गरेको उहाँले बताउनुभयो ।

संघीय संसदको बैठक यही बैशाख २८ गते बस्दैछ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि कृषिउपजको थोक मूल्य

आजका लागि कृषिउपजको थोक मूल्य

मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

एन्फालाई निलम्बन गर्ने फिफाको निर्णय

एन्फालाई निलम्बन गर्ने फिफाको निर्णय