आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ २२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ८२ पैसा र बिक्रीदर ११२ रुपैयाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ १८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २८ पैसा र बिक्रीदर २२ रुपैयाँ ३७ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४० रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३३ पैसा र बिक्रीदर १० रुपैयाँ ३७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६ रुपैयाँ ४८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८१ पैसा र बिक्रीदर २३ रुपैयाँ ९० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ४८ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ५० पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ७५ पैसा रहेको छ  । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड रुपैयाँ

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड रुपैयाँ

गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे

गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना- राष्ट्रपति

सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना- राष्ट्रपति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी