म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

म्याग्दी- यहाँको धवलागिरि गाउँपालिका–४ बगरस्थित प्राकृतिक तातोपानी कुण्ड ओझेलमा परेको छ ।

पूर्वाधारको अभाव, प्रचारप्रसारको कमी र उचित व्यवस्थापन नहुँदा प्राकृतिक उपचार र पर्यटकीयस्थल बनाउन सकिने तातोपानी कुण्ड ओझेलमा परेको हो । बगरको जेल्तुङ गाउँ नजिकै पहाडको फेदी र म्याग्दी नदीको किनारमा जमिनभित्रबाट ५० डिग्री सेल्सियस तापक्रममा प्राकृतिक रूपमा तातोपानी निस्कने मुहान रहेको छ ।

तातोपानी कुण्डसम्म पुग्ने पदमार्गमा झोलुङ्गे पुल, स्नान गर्ने व्यवस्थित पोखरी र आश्रयस्थलको अभाव रहेको कुण्डको विशेषता र महत्व स्थानीयस्तरमै सीमित भएकाले ओझेलमा परेको धवलागिरि गाउँपालिका–४ का वडासदस्य हरिप्रसाद तिलिजाले बताउनुभयो । “बगर र आसपासका गाउँका बासिन्दाले प्राकृतिक उपचारका लागि प्रयोग गर्ने तातोपानी कुण्डलाई व्यवस्थित गर्ने प्रयासमा छौँ”, उहाँले भन्नुभयो, “वर्षौअघिदेखि हालसम्म सामान्य हिसाबले सञ्चालन हुँदै आएको तातोपानीलाई प्राकृतिक उपचारस्थलका रूपमा विकास गर्न व्यवस्थापन, पूर्वाधार निर्माण र प्रवर्द्धनको काम अघि बढाएका हाँै ।”

बगरमा निर्माण सुरु भएको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत तातोपानी कुण्डमा महिला र पुरुषका लागि छुट्टाछुट्टै स्नान गर्न मिल्नेगरी पोखरी, आश्रयस्थललगायतका पूर्वाधार निर्माणको तयारी गरेको वडासदस्य तिलिजाले बताउनुभयो ।

पूर्वाधार निर्माणका लागि जग्गा व्यवस्थापन भइसकेको छ । हाल ढुङ्गाले छाएको टहराभित्र रहेको पोखरीमा शरीर डुबाएर स्नान गर्ने व्यवस्था रहेको छ । बगरदेखि दोभान जोड्ने सडकदेखि तातोपानी कुण्ड जाने बाटोमा पर्ने म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माणका लागि पनि पहल थालिएको छ ।

यस तातोपानीको तलाउमा स्नान गरेमा चोटपटक लागेको, ढाड दुख्ने, छाला, गानोगोला, सर्केमर्केको, ग्यास्ट्रिकलगायत स्वास्थ्य समस्या निको हुने धवलागिरि–४ खिवाङका अमर रसाइलीले बताउनुभयो । “ढाड दुख्ने समस्या निको हुने भएकाले हरेक वर्ष १० देखि १५ दिनसम्म तातोपानी डुब्न आउने गरेको छु”, उहाँले भन्नुभयो, “तातोपानीमा दैनिक दुईदुई घण्टाका दरले शरीर डुबाएर पानी थेरापी गरेपछि चिसो लाग्दैन, चोटपटक लागेको, खाना अरुचि हुने समस्या पनि निको हुने अनुभव छ ।”

हाल बगर, मुदी, नाउरा, खिवाङ, मल्कवाङ, मलम्पार, मराङ, बिम, मुनाका बासिन्दा यहाँको तातोपानी कुण्डमा शरीर डुबाएर स्नान गरी उपचारका लागि आउने गरेका छन् । वार्षिक दुई सयदेखि तीन सय जनाले तातोपानी स्नान गर्न आउने गरेका छन् । बगर गाउँदेखि १० मिनेट पैदलयात्रा गरेपछि पुगिने तातोपानी कुण्ड नजिकैसम्म हालै सडक यातायातको सुविधा पनि पुगेको छ ।

यस तातोपानी कुण्ड र सँगै रहेको अर्मके झरनालाई व्यवस्थित गर्न सकेमा प्राकृतिक उपचारस्थल र पर्यटकीय गन्तव्यका रुपमा विकास हुने सम्भावना रहेको छ । तातोपानी कुण्ड र अर्मके झरना चक्रीय धवलागिरि पदमार्गमा समेटिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा

बेनी अस्पतालमा डायलाइसिस सेवा विस्तार

बेनी अस्पतालमा डायलाइसिस सेवा विस्तार

पर्यटन प्रवर्द्धनका लागि भुलभुलेमा छैटौँ हामखोला झरना महोत्सव

पर्यटन प्रवर्द्धनका लागि भुलभुलेमा छैटौँ हामखोला झरना महोत्सव