तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

दाङ- घोराही उपमहानगरपालिका–७ का किसान भीमकान्त चापागाईं बेमौसमी तरकारी खेतीगरी आर्थिक रुपमा सक्षम बन्नु भएको छ । उहाँले पाँच बिघा जमिनमा गोलभेँडा र तरकारीखेती गरी मनग्य आम्दानी गर्दैआउनुभएको छ ।

यतिखेर चापागाईंको बारीमा गोलभेँडा लटरम्म फलेका छन् । जमिनमा फरकफरक प्लटमा छुट्टाछुट्टै खेती गर्नुभएको छ । त्यहाँ लटरम्म फलेका गोलभेँडा तथा तरकारी देख्दा त्यहाँ पुग्ने जोसुकै पनि लोभिन्छ । अनि दङ्ग हुनुहुन्छ किसान ६२ वर्षीय चापागाईं । पसिना र पौरखले लहलह छन् उहाँको बारीमा धेरै तरकारी । व्यावसायिक गोलभेँडा खेतीबाट अब्बल किसानका रुपमा चिनिन सफल हुनुहुन्छ चापागाई ।

चापागाईंको तरकारीखेती यो क्षेत्रकै एक नमुना बनेको छ । उहाँले ती प्लटमा झल्किने हरियाली र लटरम्म फलेका गोलभेँडा कतै पाकेका, केही पाक्ने तयारी र केही बतेला लागेका छन् । त्यस्तै खुर्सानी, सिमी, बोडी, काँक्रालगायत तरकारी फलेका छन् । यही गोलभेँडाले चापागाईंँलाई एक सफल एवम् उत्कृष्ट किसानको परिचय दिएको छ । आफूलाई एक सफल कृषकका रुपमा स्थापित गर्न सफल धेरै मेहनत गर्नुभएको छ । कसानका लागि उहाँ एक सफलताको उदाहरण बन्न सफल हुनुभएको छ ।

विसं २०७५ मा रु चार लाखको लगानीमा जमिन भाडामा लिएर तरकारीखेती सुरु गरेको चापागार्इंले बताउनुभयो । अहिलेसम्म तरकारीखेतीमा नै कम्तीमा रु २० लाख बढी लगानी गरेको चापागाईं बताउनुहुन्छ । उहाँले अर्काको जमिन भाडामा लिएर सबैभन्दाबढी उन्नत जातका गोलभेँडा, अरु विभिन्न जातका बेमौसमी तरकारीखेती गरिरहनुभएको छ ।

चापागाईंले वार्षिक प्रतिकट्ठा रु तीन हजारका दरले जम्मा हुने रकम भाडा तिर्नुहुन्छ । उहाँको कृषि फारममा अहिले ६ जनाले रोजगारी पनि पाएका छन् । उहाँ भन्नुहुन्छ, “सबै खर्च कटाएर वार्षिक रुपमा रु १२ लाखसम्म बचत गर्न सकेको छु ।” उहाँकी श्रीमती पनि यहीखेतीमा पूर्ण रुपमा लाग्नुभएको छ । दुई छोरा भने रोजगारीका लागि जिल्ला बाहिर छन् ।

चापागाईं भन्नुहुन्छ, “म आफ्नो व्यवसायबाट सन्तुष्ट छु, खुसी छु । आफ्नै माटोमा खेलेको छु, माटोको मायाँ बढ्दो छ । यो उमेरमा पनि जोश जागरमा कमी आएको छैन् ।” बारीमै आएर ग्राहकहरुले गोलभेडा खुर्सानीलगायतका तरकारी किनेर लैजाँदा आनन्द आउने उहाँ बताउनुहुन्छ ।

चापागाईंले सुरुमा घोराहीस्थित मसिनामा एक बिघा जमिन भाँडामा लिनुभयो । त्यही जग्गामा उहाँले गोलभेँडाखेती गर्नुभयो । त्यहाँबाट उहाँलाई राम्रो आम्दानी भयो । खेतीका लागि आवश्यक पर्ने जमिन अपुग भई साँघुरो भएपछि त्यहाँ छोडेर चापागाईंले विगत पाँच वर्षअघिदेखि यस ठाउँमा खेतीगरी रहनुभएको छ ।

चापागाईंले अन्य जातका तरकारीभन्दा गोलभेँडाखेतीबाट धेरै लाभ लिन सकिने र एकपटक रोपेपछि लामो समयसम्म फल्ने तथा आम्दानी लिन सकिने भएकाले धेरै जमिनमा गोलभेँडाखेती गरेको बताउनुभयो । चापागाईँले गोलभेडासहित काँक्रो, खुर्सानी, बोडी, सिमीलगायतका तरकारी खेती पनि गर्नुभएको छ । उत्पादन भएको तरकारी लिन बारीमै व्यापारी गाडी लिएर आउने गरेको उहाँले बताउनुभयो ।

चापागाईंका अनुसार गोलभेँडा प्रतिकिलो रु ८० र थोकमा प्रतिकिलो रु ७० देखि रु ७५ सम्म बिक्री भइरहेको छ । चापागाईं यस क्षेत्रका सफल कृषकका रुपमा स्थापित हुनुभएको छ । कृषिप्रधान हाम्रो देशमा कृषिको अत्यन्तै राम्रो सम्भावना रहेको तर पनि राज्य भने अझै पनि यस क्षेत्रका समस्या समाधानमा गम्भीर नभएको चापागाईंको गुनासो छ ।

राज्यले समयमा नै कृषिलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउनुपर्ने चापागाईं सुझाव दिनुहुन्छ । देशभित्रै सीपमुलक कृषि कार्यक्रम सञ्चालन गर्नुपर्ने र विदेशीने युवालाई लक्ष्य गरेर उनीहरुलाई स्वदेशमै रोक्न एकीकृत कृषि व्यवसाय फारम सञ्चालनमा ल्याउनुपर्ने उहाँ बताउनुहुन्छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता – सार्वजनिक सेवा प्रसारण संस्था

आइतबारको बिदा खारेज गर्न लागिएको होइन 

आइतबारको बिदा खारेज गर्न लागिएको होइन 

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुक्खा क्षेत्रमा सिँचाइ 

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुक्खा क्षेत्रमा सिँचाइ 

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री