संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्ने

संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्ने

काठमाडौँ, २१ वैशाख : संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मंगलबार संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्य सचिव, परराष्ट्रविद् तथा पूर्वप्रशासकसँग छलफल गर्ने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ देखि ५ बजेसम्म उक्त परामर्श गर्न लागेको हो । कार्यदलका सदस्य सचिव लिलाधर सुवेदीका अनुसार, छलफलका क्रममा सहभागी विज्ञहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव समेत संकलन गरिनेछ ।

गत वैशाख १० गते बसेको कार्यदलको बैठकले पूर्व उच्च पदस्थ अधिकारी, पूर्व मुख्य सचिव, परराष्ट्रविद् तथा प्रशासनिक विज्ञहरूसँग परामर्श गर्ने निर्णय गरेको थियो । सोही निर्णयानुसार यो छलफल आयोजना गरिएको हो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सचिवालय सदस्य श्रेष्ठले सभापति लामिछानेबाट लिए सपथ

सचिवालय सदस्य श्रेष्ठले सभापति लामिछानेबाट लिए सपथ

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार

जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार

हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार चारजना पत्रकारलाई

हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार चारजना पत्रकारलाई

असोज ७ गतेदेखि मनसुन प्रणाली थप सक्रिय हुने, वर्षा गराउने गतिविधि बढ्न सक्ने

असोज ७ गतेदेखि मनसुन प्रणाली थप सक्रिय हुने, वर्षा गराउने गतिविधि बढ्न सक्ने

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

हिउँपहिरोमा पुरिएर मनास्लुमा दुई जनाको मृत्यू

हिउँपहिरोमा पुरिएर मनास्लुमा दुई जनाको मृत्यू