चिया बजारको पहिचान र युवा तथा महिला उद्यमीलाई प्रोत्साहन दिइनेछः मन्त्री चौधरी

चिया बजारको पहिचान र युवा तथा महिला उद्यमीलाई प्रोत्साहन दिइनेछः मन्त्री चौधरी

काठमाडौँ – कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गिता चौधरीले आगामी वर्ष चियामा लगानी बढाउने, नयाँ बजारको पहिचान गर्ने र युवा तथा महिला उद्यमीलाई प्रोत्साहन दिने बताउनुभएको छ ।

आज ३० औँ राष्ट्रिय चिया दिवसको अवसरमा सम्पुर्ण मन्त्री चौधरीले लगानी बढाउने, नयाँ बजारको पहिचान गर्ने र युवा तथा महिला उद्यमीलाई प्रोत्साहन दिने बताउनुभएको हो ।
बैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाइदै आएको छ ।

नेपालको निर्यातजन्य प्रमुख कृषि बालीहरू मध्ये चिया एक हो । देशभर ३१ वटा जिल्लामा चिया खेती फैलिएको छ भने १५ हजार भन्दा बढी कृषकहरू यसमा निर्भर रहेका छन । त्यसैगरी १७१ वटा टि – स्टेट र साना मझौला गरी १२० वटा चिया प्रशोधन केन्द्रहरूमार्फत करिब ६० हजार प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ ।

मुलुकको व्यापारघाटा चुलिँदै गएको अवस्थामा ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको चिया नेपालले निर्यात गर्दै आएको छ । विभिन्न चुनौतीहरूका बावजुत पनि चिया कृषक, मजदुर, सहकारी, उद्योगी/व्यवसायी लगायत अन्य सरोकारवालाहरूको अथक प्रयासका कारण नै आज नेपाली चियाले विश्व बजारमा आफ्नो दरिलो उपस्थिति देखाउन सफल भएको उहाँको भनाई छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

लुम्बिनी प्रदेशले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट

लुम्बिनी प्रदेशले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड रुपैयाँ

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड रुपैयाँ

गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे

गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना- राष्ट्रपति

सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना- राष्ट्रपति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै