थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गराइयो,६८ परिवारको लगत संकलन

थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गराइयो,६८ परिवारको लगत संकलन

 काठमाडौँ- नदी किनारामा सार्वजनिक तथा सरकारी जग्गामा अनधिकृत संरचना बनाएर राखिएका वस्ती खाली गराउने क्रममा वागमती नदी खण्डको थापाथली क्षेत्रको वस्ती खाली गराइ सकिएको छ । यस्ता अनधिकृत वस्ती खाली गराउन विहीबारदेखि माइकिङ गरेर सूचित गरिएको थियो ।

यसरी जारी गरिएको सूचनाको पालना गर्दै शुक्रबार केही परिवारले घर टहरा खाली गराउनुभयो । यो क्रम शनिवार विहानसम्म पनि जारी रहेकोले विहान ६ बजेदेखि घरटहरा भत्काउने कार्यक्रम पछि सारेर आफैँ खाली गर्ने अवसर प्रदान गरिएको थियो । करिब ८ बजेबाट संरचना हटाउन थालिएको थियो ।

थापाथलीका संरचना खाली गरिसकेपछि मध्यान्नपछि गैरीगाउँका संरचना हटाउन थालिएको थियो ।

यस क्रममा घरबारविहीन तथा भूमिहीन व्यक्तिहरुलाई दशरथ रंगशालामा ल्याएर तथ्याङ्क संकलन भइरहेको छ । अहिले साँझ ०५ः५० बजेसम्ममा ६८ परिवारको लगत संकलन भइसकेको छ । उहाँहरुमध्ये ३४ परिवारलाई सुन्दरीघाट स्थित राधास्वामी सत्संग आश्रममा पठाइसकिएको छ ।

लगत संकलनसँगै १८ जनालाई आधारभूत स्वास्थ्य सेवासमेत प्रदान गरिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

आज पनि सुनचाँदीको मूल्य घट्यो

आज पनि सुनचाँदीको मूल्य घट्यो

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा