संविधान संशोधनका लागि पार्टीका तर्फबाट प्रस्तावित मस्यौदा तयार गर्न काँग्रेसको गृहकार्य सुरु

संविधान संशोधनका लागि पार्टीका तर्फबाट प्रस्तावित मस्यौदा तयार गर्न काँग्रेसको गृहकार्य सुरु

काठमाडौँ– नेपाली काँग्रेसद्धारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले आजदेखि काम सुरु गरेको छ ।
पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठिट १७ सदस्यीय समितिको पहिलो बैठकमा पार्टी सभापति गगन कुमार थापा, महामन्त्री प्रदिप पौडेल, सहमहामन्त्रीद्धय उदयशमसेर राणा र योगेन्द्र चौधरी समेत सहभागी हुनुभएको थियो ।

बैठकमा पार्टी सभापति थापाले संविधान संशोधनको आवश्यकता र समितिको जिम्मेवारीका बारेमा जानकारी गराउनु भएको थियो ।
संविधान बनेको १० बर्षभन्दा बढी भइसकेको र अभ्यासका क्रमममा केही प्रावधानहरु संशोधनको आवश्यकता महसुस गरिएको सभापति थापाको भनाई थियो । लोकतन्त्र, नागरिक अधिकार, राष्ट्रियता र समुन्नतीलाई केन्द्रमा राखेर संविधान संशोधनको छलफल चलाउन उहाँले सुझाव दिनु भएको थियो ।

समितिले सुरुमा संविधानको शुक्ष्म अध्ययन गरि संशोधनका लागि प्रस्तावित मस्यौदा तयार पार्ने र सरोकारवाला, विज्ञ तथा आम नागरिकसँग वृहत छलफल गर्ने योजना बनाएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो ।सरकारले संविधान संशोधनका लागि गृहकार्य गर्न छुट्टै समिति बनाएर समितिमा काँग्रेसको समेत प्रतिनिधित्वका लागि अनुरोध गरिरहेका बेला काँग्रेसले पनि गृहकार्य सुरु गरेको हो ।

सरकारले बनाएको समितिमा पार्टीको तर्फबाट प्रतिनिधि पठाउने बारेमा कुनै निर्णय नभएको सदस्य सचिव कटुवालले जानकारी दिनुभयो ।उहाँका अनुसार सरकारले शुक्रबार सम्ममा प्रतिनिधिको नाम पठाउन अनुरोध गरेको छ भने यस समितिको अर्को बैठक आगामी विहिबार बस्ने तय गरिएको छ ।

काँग्रेसले बनाएको समितिको सदस्यहरुमा बरिष्ठ अधिवक्ता तथा संविधानविद्हरु राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेम वहादुर खड्का, उपेन्द्र केशरी न्यौपाने, शेरवहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्र वहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम केसी, ललितवहादुर बस्नेत, अधिवक्ताहरु रनवहादुर थेवे, सर्मिला श्रेष्ठ, झलमाया विक र निरज गुप्ता रहनु भएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

युएईलाई ८ विकेटले हराउँदै नेपाल विजयी

युएईलाई ८ विकेटले हराउँदै नेपाल विजयी

संविधान संशोधनका लागि पार्टीका तर्फबाट प्रस्तावित मस्यौदा तयार गर्न काँग्रेसको गृहकार्य सुरु

संविधान संशोधनका लागि पार्टीका तर्फबाट प्रस्तावित मस्यौदा तयार गर्न काँग्रेसको गृहकार्य सुरु

बहानाबाजी नगरी  नतिजा निकाल्ने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन 

बहानाबाजी नगरी  नतिजा निकाल्ने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

नेप्से परिसूचक १८ अङ्कले घट्यो

नेप्से परिसूचक १८ अङ्कले घट्यो

कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न