नीजि अस्पतालमा पनि १० प्रतिशत निःशुल्क शैया सेवा शुरु

नीजि अस्पतालमा पनि १० प्रतिशत निःशुल्क शैया सेवा शुरु

काठमाडौँ- सरकारले नीजि अस्पतालमा पनि १० प्रतिशत निःशुल्क शैया सेवा शुरु गरेको छ । नेपालको संविधानले व्यवस्था गरेको स्वास्थ्यको हक अनुसार आधारभूत स्वास्थ्य सेवा अन्तर्गत निःशुल्क शैया सेवा शुरु गरेको हो । यो सेवा देशका सातै प्रदेशमा रहेका अस्पतालहरुबाट प्राप्त हुनेछ । हालसम्म देशभर ८ सय ४० वेड निशुल्क उपलब्ध रहेका छन् । जसमा सवै भन्दा धेरै कोशी प्रदेशमा सवै भन्दा बढी २ सय २ वेड उपब्ध छन् ।

त्यसपछि बागमती रहेको १ सय ९३ निशुल्क वेड छन् भने सवै भन्दा कम मधेश प्रदेशमा ९१ बेड निशुल्क उपलब्ध छन् । ९ सय ४० वेड निशुल्क उपलब्ध भए पनि जम्मा ८ जना मात्र विरामीले सेवा लिइ रहेका छन् । सरकारले निशुल्क वेड उपलब्ध गराउदा पनि मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमा अस्पतालमा कोही पनि विरामी भर्ना भएका छैनन् ।

सरकारले घोषणा गरेको १०० दिनको प्राथमिकताको कार्यक्रमको ८५ नम्बरको बुँदा कार्यान्वयन अन्तर्गत पहिलो चरणमा यो सेवा गरिव असहाय र विपन्न बर्गका लागि दिइएको छ । सरकारको यो अभियानमा शनिवारसम्म नीजि र सरकारी समेत गरी ६३ वटा अस्पताल जोडिएका छन् ।

सरकारको स्वास्थ्य संस्था संचालन मापदण्ड अस्पतालमा उपचारका लागि जाने विपन्न, असहाय, वेवारिसे विरामीका लागि कुल शैय्याको १० प्रतिशत शैय्या छुट्याई नि:शुल्क उपचार अनिवार्य रुपमा उपलव्ध गराउनु पर्ने ब्यवस्था छ । त्यसैको कार्यन्वयनको लागि अस्पतालहरुमा निःशुल्क उपचार सेवा प्रभावकारी, पहूँच योग्य र पारदर्शी बनाउने उद्देश्यले यो अनलाइन प्रणालीको विकास गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पहिल्यै ब्यवस्था गरेको भए पनि कार्यान्वयन भएको थिएन ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुनुवाइ समितिको बैठक आज बस्दै

सुनुवाइ समितिको बैठक आज बस्दै

देवानगञ्जमा कर्फ्यु हट्यो, बिहान ७ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा भने यथावत

देवानगञ्जमा कर्फ्यु हट्यो, बिहान ७ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा भने यथावत

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरीमा अनिश्चितकालिन कर्फ्यु कायमै

सुनसरीमा अनिश्चितकालिन कर्फ्यु कायमै

नेपाल आज नामिबियासँग खेल्दै – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाल आज नामिबियासँग खेल्दै – सार्वजनिक सेवा प्रसारण संस्था

देवानगञ्जमा कर्फ्यु हट्यो, बिहान ७ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा भने यथावत

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

डा केसीसँगको सहमति अन्तिम चरणमा, प्रधानमन्त्रीको जवाफ पर्खंदै वार्ता टोली

डा केसीसँगको सहमति अन्तिम चरणमा, प्रधानमन्त्रीको जवाफ पर्खंदै वार्ता टोली