अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव

अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव

इस्लामाबाद- अमेरिका र इरानबीच जारी कूटनीतिक संवादले केही प्रगति गरेको सङ्केत देखिएपछि पाकिस्तानले दोस्रो चरणको वार्ताका लागि नयाँ प्रस्ताव अघि सारेको छ । क्षेत्रीय तनाव बढिरहेका बेला यस्तो पहललाई सम्भावित समाधानतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हालै इरानसँगको वार्तामा ‘केही प्रगति’ भएको बताएका थिए भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ‘अर्को पक्ष वार्ताका लागि इच्छुक रहेको’ प्रतिक्रिया दिनुभएको थियो । यही पृष्ठभूमिमा पाकिस्तानले इस्लामाबादमै अर्को चरणको वार्ता आयोजना गर्ने प्रस्ताव अघि सारेको हो ।

पाकिस्तानी अधिकारीहरूले नाम गोप्य राख्ने सर्तमा दिएको जानकारीअनुसार यो प्रस्ताव दुवै पक्षको सहमतिमा मात्र अघि बढ्नेछ । उनीहरूले एकपटकको वार्ताभन्दा निरन्तर कूटनीतिक प्रक्रियामार्फत समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

यसैबीच, मध्यपूर्वमा तनाव थप चर्किने सङ्केत देखिएका छन् । लेबनानस्थित सशस्त्र समूह हिज्बुल्लाहका एक वरिष्ठ अधिकारीले अमेरिका–लेबनान–इजरायलबीच सुरु हुन लागेको वार्ताबाट हुने कुनै पनि सम्झौता नमान्ने चेतावनी दिएका छन् । यसले वासिङ्टनमा सुरु हुने प्रत्यक्ष लेबनान–इजरायल वार्तालाई चुनौतीपूर्ण बनाएको छ ।

लेबनानका अधिकारीहरू भने इजरायलसँगको युद्धविराम सम्भव बनाउन आशावादी देखिएका छन् । हालसम्म उक्त द्वन्द्वमा कम्तीमा दुई हजार ८९ जनाको ज्यान गएको बताइएको छ । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तत्काल युद्धविरामभन्दा हिजबुल्लाहको निशस्त्रीकरण र दीर्घकालीन शान्ति सम्झौतामा जोड दिनुभएको छ ।

यता, अमेरिकाद्वारा इरानी बन्दरगाहहरूमा गरिएको नाकाबन्दी र त्यसप्रति इरानको कडा प्रतिक्रिया दिने चेतावनीले विश्व अर्थतन्त्रमा समेत प्रभाव पार्न थालेको छ । यसले तेल आपूर्ति र समुद्री मार्गहरू, विशेषगरी होर्मुज जलडमरूमध्य, जोखिममा पर्ने चिन्ता बढाएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा पनि कूटनीतिक पहल तीव्र भएका छन् । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले चीनलाई विश्वस्तरीय वार्ताकारको भूमिकामा अझ सक्रिय हुन आग्रह गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटपछि उहाँले इरान र युक्रेनजस्ता द्वन्द्व समाधानमा चीनको भूमिका निर्णायक हुन सक्ने धारणा व्यक्त गर्नुभयो ।

जर्मनीका चान्सलर फ्रेडरिक मर्जले पनि इजरायल–लेबनान प्रत्यक्ष वार्तालाई समर्थन गर्दै दक्षिण लेबनानमा शत्रुता अन्त्य गर्न आह्वान गर्नुभएको छ । साथै, उहाँले अमेरिका–इरानबीच कूटनीतिक सहमति कायम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

यसैक्रममा, चीनले मध्यपूर्वमा दीर्घकालीन शान्तिका लागि चार बुँदे प्रस्ताव अघि सारेको छ, जसमा सार्वभौमसत्ताको सम्मान, अन्तर्राष्ट्रिय कानूनको पालना र शान्तिपूर्ण सहअस्तित्वलाई प्राथमिकता दिइएको छ ।

कूटनीतिक प्रयासहरू बढेसँगै विश्व बजारमा पनि प्रभाव देखिएको छ । अमेरिका–इरान वार्ता अगाडि बढ्ने अपेक्षाले तेलको मूल्य घटेको छ भने एसियाली सेयर बजारमा सुधार देखिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा

बेनी अस्पतालमा डायलाइसिस सेवा विस्तार

बेनी अस्पतालमा डायलाइसिस सेवा विस्तार

पर्यटन प्रवर्द्धनका लागि भुलभुलेमा छैटौँ हामखोला झरना महोत्सव

पर्यटन प्रवर्द्धनका लागि भुलभुलेमा छैटौँ हामखोला झरना महोत्सव