Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते – Khabarofnepal

सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

सिन्धुली- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।

काठमाडौँबाट काँकडभित्तातर्फ आउँदै गरेको बा४ख ५०५२ नम्बरको माइक्रोबस र खुर्कोटबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा माइक्रोबसका चालक ललितपुर महानगरपालिका–१५ का ३८ वर्षीय गजबहादुर मगर, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–९ की ३० वर्षीया अनिता न्यौपाने र ३२ वर्षीय प्रविन तिवारी तथा ठेगाना नखुलेका प्रशान्त केसी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

चालक मगरको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै दुर्घटनामा घाइते अन्य यात्रुहरुमा झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेकी ९ वर्षीया संस्कृती यादव र ३२ वर्षीया कल्पना राई, मेची नगरपालिका–१३ का ३८ वर्षीय अमेश खड्का, भद्रपुर नगरपालिका–१ का २२ वर्षीय अमृत राना मगर र कचनकवल गाउँपालिका–७ का ४२ वर्षीय दिनप्रसाद सिग्देल रहेका छन् ।

उनीहरुको स्थानीय आत्मीय सामुदायिक अस्पताल, खाल्टेमा उपचार भइरहेको छ ।

प्रहरीले दुर्घटनाबारे अनुसन्धान अघि बढाएको छ । बस चालक दोलखाको बैतेश्वर गाउँपालिका–६ का सुमन सुवेदीलाई प्रहरीले नियन्त्रण लिएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

Maks Chmerkovskiy Addresses Val Chmerkovskiy’s Suspension

Doosra Movie Review: An experimental affair buoyed by performances

Ramayana Censor Report Viral Tweet | Ramayana Part 1 Runtime | Ramayana Part 1 Duration | Ramayana Censor Rating | Ramayana vs Animal Duration

Ramayana Advance Booking: Ranbir Kapoor & Yash starrer crosses 50,000 pre-sales at National chains, 13 days ahead release

Inside Alexander Skarsgård, Tuva Novotny’s Private Relationship

Mammootty, Adoor Gopalakrishnan’s Padayaatra Locks Theatrical Release

Ramayana Ticket Price Update | Ramayana Ticket Price Today (October 23, 2026) | Ramayana Ticket Prices In Delhi, Mumbai, Bengaluru | Ramayana Highest Ticket Price