एकल उम्मेदवारी परेपछि अर्याल सभामुख बन्ने निश्चित

एकल उम्मेदवारी परेपछि अर्याल सभामुख बन्ने निश्चित

काठमाडौं – प्रतिनिधि सभाको नयाँ सभामुखमा एकल उम्मेदवारी परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल सभामुख बन्ने निश्चित भएको छ।

सभामुखका लागि उम्मेदावरी मनोनयका लागि दिएको समय सीमा भित्र रास्वपा सांसद अर्यालको मात्रै उम्मेदवारी परेको थियो ।

संसद् सचिवालयले बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो।

आइतवार बस्ने प्रतिनिधि सभा बैठकमा अर्याललाई सभामुख बनाउने प्रस्ताव टेवल हुने र प्रस्तावक र समर्थकले सदनमा  विचार राख्ने त्यसपछी अर्याल  प्रतिनिधि सभाको सभामुख चयन भएको घोषणा गरिने प्रक्रिया रहेको संसद सचिवालयका सचिव डाक्टर रोजनाथ पाण्डेले बताउनु भयो ।

अर्यालको प्रस्तावक रास्वपा सभापति रवि लामिछाने र समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानूनमन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहनु भएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे

गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना- राष्ट्रपति

सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना- राष्ट्रपति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर