सामान्य प्रशासन र भूमिमन्त्री रावलद्वारा पदभार ग्रहण

सामान्य प्रशासन र भूमिमन्त्री रावलद्वारा पदभार ग्रहण

काठमाडौँ– नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पदभार ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि आजै मन्त्री रावलले सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएको हो । सामान्य प्रशासन मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै मन्त्री रावलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएको छ ।

मन्त्री रावलले जनताले प्रत्यक्ष महसुस गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने भएकाले भूमिसम्बन्धी समस्यासँग परिचित रहेको उल्लेख गर्दै उहाँले सहकारी क्षेत्रका चुनौतीबारे पनि जानकार रहेको बताउनुभयो ।

“समस्याग्रस्त सहकारीका विषयमा पनि म जानकार छु”, मन्त्री रावलले भन्नुभयो, “समस्या समाधानका लागि के गर्न सकिन्छ र कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा सबैसँग सहकार्य गरेर अगाडि बढ्छौँ । प्रत्यक्ष जनतासँग जोडिएका काम भएकाले जनताले महसुस गर्नेगरी काम गर्नुपर्छ ।”

पदभार ग्रहणपछि मन्त्रालयका सचिव मदन भुजेलले समस्याग्रस्त सहकारी, बचत फिर्तासम्बन्धी जटिलता तथा सहकारी पीडितका नाममा बनेका विभिन्न दबाब समूहबारे मन्त्री रावललाई ‘ब्रिफिङ’ गर्नुभएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

भोटेकोशी बाढीपछि नेपाल–चीन सीमा क्षेत्रमा राष्ट्रिय झण्डा पुनर्स्थापित

भोटेकोशी बाढीपछि नेपाल–चीन सीमा क्षेत्रमा राष्ट्रिय झण्डा पुनर्स्थापित

रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

प्रधानमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति