निवर्तमान प्रधानमन्त्री कार्की निवास फिर्ता

निवर्तमान प्रधानमन्त्री कार्की निवास फिर्ता

काठमाडौँ– निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो निवासमा फर्कनुभएको छ ।

नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्नुभएलगत्तै निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटार फर्केर धापासीस्थित निवासमा फर्कनुभएको हो ।

निवर्तमान कार्कीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “सार्वजनिक जिम्मेवारीको एक महत्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको छ, कठिन र चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रको नेतृत्व गर्नुपरेको थियो, हामी सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सफल भयौँ, लोकतन्त्रप्रति जनताको अटुट विश्वास र सहभागिताले देशलाई सही दिशातर्फ अघि बढाएको छ ।”

जननिर्वाचित नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा खुसी र निश्चिन्त भएको उल्लेख गर्दै निवर्तमान प्रधानमन्त्री कार्कीले नयाँ पुस्ताको ऊर्जावान् नेतृत्वले देशलाई अझ समृद्ध तथा स्थिर भविष्यतर्फ डो¥याउने विश्वास लिनुभएको छ । साथै, उहाँले यस यात्रामा साथ, सहयोग र विश्वास दिनुहुने सम्पूर्ण नेपाली नागरिक, सहकर्मी र सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भदौ २७ गतदेखि कार्कीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । राष्ट्रपति रामचन्द्र पौडलले ६ महिनाभित्र निर्वाचनकोे जिम्मेवारी सहित नयाँ सरकार गठन गर्नुभएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा

मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

सगरमाथा आरोही संघमा नयाँ नेतृत्व

सगरमाथा आरोही संघमा नयाँ नेतृत्व

उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग छलफल

उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग छलफल

श्रम मन्त्री यादव र युएईका राजदूतबीच भेटवार्ता

श्रम मन्त्री यादव र युएईका राजदूतबीच भेटवार्ता