Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
सुनसरीमा चैते धान रोपाइँ – सार्वजनिक सेवा प्रसारण संस्था – Khabarofnepal

सुनसरीमा चैते धान रोपाइँ – सार्वजनिक सेवा प्रसारण संस्था

सुनसरीमा चैते धान रोपाइँ – सार्वजनिक सेवा प्रसारण संस्था

धरान (सुनसरी)- सुनसरीका किसान यतिबेला चैते धान रोप्न व्यस्त छन् । पर्याप्त सिँचाइ सुविधा पुगेका र सिमसार क्षेत्रका किसानलाई हाल धान रोपाइँ गर्न भ्याइनभ्याइ छ ।

जिल्लामा चैते (हिउँदे) र बर्खे गरी दुईपटक धान उत्पादन हुने गरेको छ । मकैभन्दा धानबाट राम्रो उत्पादन हुने र दुईपटक धान लगाउँदा एक बाली बिक्री गरेर आम्दानी गर्न सकिने भएकाले यसतर्फ किसानको आकर्षण छ ।

सुनसरीको रामधुनी नगरपालिका–६ का किसान भावना माझीका अनुसार एउटै खेतमा वर्षमा तीनपटकसम्म बाली लगाउन सकिन्छ । चैते धान समयमा रोपाइँ गर्न सकियो भने उत्पादन पनि राम्रो हुन्छ । एउटै खेतबारीमा बर्खे धान, चैते धानका साथै फापर÷तोरी लगाइने गरेको उहाँले बताउनुभयो ।

जिल्लामा हाल चार हजार ६०० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गरेको छ । गत वर्ष चार हजार छ हेक्टरमा गरिएको चैते धानखेतीबाट २३ हजार १६० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “चैते धानमा बर्खे धानको तुलनामा रोग तथा कीरा कम लाग्ने र उत्पादन पनि राम्रो हुने भएकाले किसानको आकर्षण बढ्दो छ । जिल्लामा विशेषगरी चैते–१, चैते–५ र हर्दिनाथ–३ जातको धान बढी रोप्ने गरिएको छ । चैते धानको उत्पादन राम्रो हुने र बजार मूल्यसमेत अनुकूल रहने भएकाले किसानले चैते धानखेती गर्न रुचाउने गरेका छन् ।”

सुनसरीको बराहक्षेत्र नगरपालिका–५, ६ र ७, रामधुनी नगरपालिका–६, ७ र ९, भोक्राहा तथा इटहरीलगायत क्षेत्रमा चैते धान रोपाइँ बढी हुने गरेको छ । नहर तथा पैनी सिँचाइ सुविधा पुगेका र तरकारीखेती कम हुने क्षेत्रमा यस्तो धानखेती बढी हुने गरेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

रामधुनी–७ का किसान डम्बर माझीले चैत महिनाभित्र रोपाइँ सके राम्रो उत्पादन हुने भएकाले हाल आफूहरू धान रोपाइँमा व्यस्त रहेको बताउनुभयो । “चैत २० देखि २२ गतेभित्र रोपिसक्नुपर्छ, चैत महिनापछि रोपाइँ हुँदा उत्पादन कम हुन्छ”, उहाँले भन्नुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Tom Brady Dating Candice Swanepoel 4 Years After Gisele Bündchen Divorce

Kartik Aaryan and Shimit Amin’s Captain India to Bring Yemen Rescue Story to Big Screen

India’s Got Latent 2 MC Stan Episode Dailymotion: Who Are The Panelists Of Samay Raina Show New Episode 8 YouTube | Where To Watch India’s Got Latent 2 MC Stan Episode Online? | When Will India’s Got Latent 2 Ayushmann Episode October 25 Episode Drop On Dailymotion

Highest Grossing Kollywood Films Overseas: Superstar Rajinikanth starrer Jailer 2 tops, First to USD 25 million

Ciara Miller and Kyle Cooke Kiss in Shocking Summer House Sneak Peek

10 Biopics We Love: From Rajkummar Rao’s Prahaar to Aamir Khan’s Dangal

Shilpa Rao Mumbai Show Controversy: Did Singer Interrupt Another Artist’s Set? Blame Game Erupts Online | Shilpa Rao Concert Bollywood Music Project | Bollywood Music Project 2026 Controversy What Really Happened | Shilpa Rao Instagram Mumbai Concert Bollywood Music Project