रास्वपाको अभिमुखीकरण कार्यक्रममा सभापति लामिछानेको सम्बोधन

रास्वपाको अभिमुखीकरण कार्यक्रममा सभापति लामिछानेको सम्बोधन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरुलाई लक्षित गरेर सुरु भएको अभिमुखीकरण कार्यक्रम आज सकिँदै छ।

आज सो पार्टीका अध्यक्ष रवि लामिछानेले नवनिर्वाचित सांसदहरुलाई दलको सिद्धान्त र आगामी दिनमा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण मन्तव्य दिनुभएको छ ।

सभापति लामिछानेले निर्वाचनमा जनताले दिएको अभिमतलाई सम्मान गर्दै देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई निर्देशन दिनुभयो । 

यसैगरी, कार्यक्रममा सभापति लामिछानेले सार्वजनिक रूपमा जथाभावी अभिव्यक्ति दिने र प्राप्त अभिमतलाई मनोरञ्जनका रूपमा लिने छुट कसैलाई नरहेको स्पष्ट पार्नुभयो।

हिजोदेखि ललितपुरको इमाडोलस्थित एक होटलमा सुरु भएको अभिमुखीकरण कार्यक्रममा विभिन्न विषय विज्ञहरुले प्रशिक्षण दिनुभएको थियो ।

रास्वपाले गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा १२५ प्रत्यक्षतर्फ र समानुपातिकतर्फ ५७ सिटमा विजयी हासिल गरेको थियो ।

करिब दुई तिहाई बहुमतको नजिग पुगेको रास्वपाले अब केही दिनमा नै सो पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाएर नयाँ सरकार गठन गर्ने तयारी गर्दैछ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन

बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमको रु. १० करोड सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमको रु. १० करोड सहयोग

ऊर्जामन्त्री श्रेष्ठ र यूएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेट

ऊर्जामन्त्री श्रेष्ठ र यूएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेट

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

राष्ट्रपति पौडेलद्वारा पुनर्निर्माण र पुनःस्थापनालाई तीव्रता दिन सरकारको ध्यानाकर्षण

राष्ट्रपति पौडेलद्वारा पुनर्निर्माण र पुनःस्थापनालाई तीव्रता दिन सरकारको ध्यानाकर्षण