Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ बढी आम्दानी – Khabarofnepal

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ बढी आम्दानी

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ बढी आम्दानी

घोराही (दाङ)- लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार व्यवसाय हो । उहाँ अहिले अचार बिक्रीका लागि घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा आउनुभएको छ । यही आफ्नो मुख्य पेसा भएका कारण जिल्लामा सञ्चालन हुने विभिन्न मेला महोत्सवमा जाने गरेको उहाँ बताउनुहुन्छ । आयआर्जनको राम्रो स्रोत भएका कारण अचार व्यवसायलाई विगत १३ वर्षदेखि निरन्तरता दिँदै आएको उहाँको भनाइ छ ।

उहाँले तामा, हरियो खुर्सानी, करेला, मेथी, आँपलगायतका अचार उत्पादन गरेर बिक्री गर्न व्यस्त हुनुहुन्छ । अघिपछि भन्दा चाडपर्व र मेला, महोत्सवमा राम्रो बिक्री हुने उहाँले बताउनुभयो । “सबैभन्दा आँपको अचार बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “यस व्यसायबाट मासिक  २५ हजार रुपैयाँ बढी आम्दानी गर्दै आएको छु ।” सुरुमा स्वान नेपाल भन्ने संस्थाबाट तालिम लिएर व्यावसायिक रूपमा अचार बनाएर बिक्री गर्दै आएको आशारानी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “अचारअनुसार किलोलाई रु २५० देखि ५०० सम्म बिक्री गर्दै आएको छु”, आफूले अचार उत्पादन गरेर बिक्री गर्ने र स्थानीय तहले महिलाका लागि सञ्चालन गरेको तालिममा प्रशिक्षक भएरसमेत जाने गरेको उहाँको अनुभव छ ।

धेरै महिलाले यससम्बन्धी तालिम लिए पनि उत्पादन गरेर बिक्री गर्न समस्या हुने उहाँ बताउनुहुन्छ । उमेरले ४० वर्ष पुग्नुभएका उहाँलाई परिवारको राम्रो साथ मिलेको छ । उहाँ पूर्व मुक्तकम्लरीसमेत हुनुहुन्छ । आफ्नै व्यवसायमा जोडिएर आयआर्जन गर्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । लाजाजुनी पूर्व मुक्तकम्लरी अचार उद्योगमार्फत सञ्चालन गर्नुभएको अचार व्यवसायका लागि आँप एक वर्षका लागि पहिले नै मौज्दात राख्ने गरेको उहाँ बताउनुहुन्छ ।

महिला उद्यमीको सीपलाई स्थानीय सरकारले पनि उत्पादित वस्तुको बजारीकरणका लागि पहल गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । अन्य महिलाले व्यावसायिक रूपमा अचार उद्योग सञ्चालन गर्ने मन भए पनि आर्थिक समस्याका कारण पछि पर्ने गरेको आशारानीले बताउनुभयो ।

महिलालाई आर्थिक रूपमा सशक्त बनाउन सीपमा जोड्न आवश्यक रहेको उहाँको भनाइ छ । आफ्नै गाउँघरमा उत्पादन भएको अचार प्रयोग गर्न आमनागरिकलाई उहाँको सुझाव छ । “हामीले कुनै केमिकल प्रयोग गर्दैनौँ, हामीले उत्पादन गर्ने अचार राम्रो हुन्छ”, उहाँले भन्नुभयो । पछिल्लो समय मेला महोत्सवमा ग्राहकको मुख्य रोजाइ मिक्स अचार हुने गरेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Inside Alexander Skarsgård, Tuva Novotny’s Private Relationship

Mammootty, Adoor Gopalakrishnan’s Padayaatra Locks Theatrical Release

Ramayana Ticket Price Update | Ramayana Ticket Price Today (October 23, 2026) | Ramayana Ticket Prices In Delhi, Mumbai, Bengaluru | Ramayana Highest Ticket Price

Udta Teer Review: Ayushmann Khurrana’s spy comedy serves a major laugh riot; Late Mukul Dev gets memorable swansong

Julia Roberts, Picket Fences Costars Pay Tribute

Drishyam: The Conclusion Day 21: Ajay Devgn’s Thriller Holds Steady, Eyes Rs 365 Crore Mark

Udta Teer First Review | Udta Teer First Review Rating | Udta Teer Censor Report | Udta Teer Special Screening Review | Udta Teer Full Movie First Review | Is Udta Teer Worth Watching | Ayushmann Khurrana Udta Teer First Review