जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक

जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक

काठमाडौँ– गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले आन्दोलनका क्रममा उपचार भएका अस्पतालबाट सङ्कलन गरिएको नामअनुसार विवरण सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

आन्दोलनमा देशभरिका ९९ अस्पतालमा दुई हजार ६३८ जना घाइतेको उपचार गरिएको विवरण प्राप्त भएको उहाँले बताउनुभयो । “आन्दोलनका क्रममा उपचार भएका सबै अस्पतालबाट घाइतेको विवरण सङ्कलन गरिहेका थियौँ । केही अस्पतालबाट विवरण आउन ढिलो भएकाले सबै घाइतेको विवरण सार्वजनिक गर्न ढिलाइ भयो । हाल सबै घाइतेको विवरण गृह मन्त्रालयलाई पठाएको छ”, प्रवक्ता डा बुढाथोकीले भन्नुभयो ।

विवरणअनुसार गत असोज ३१ गते दुई हजार ५२२, गत माघ ४ गते ७७ र यही फागुन २९ गते थप ३९ जना घाइतेको विवरण गृह मन्त्रालयलाई पठाइएको छ।

प्रवक्ता डा बुढाथोकीका अनुसार सबैभन्दा धेरै चार सय ५८ जना घाइतेको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उपचार गरिएको छ । यस्तै, नेपाल पुलिस अस्पतालमा दुई सय तीन,  राष्ट्रिय ट्रमा सेन्टरमा एक सय ९० र त्रिवि शिक्षण अस्पतालमा एक सय आठ जनाको उपचार भएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

समस्या जहाँको त्यहीँ, पूर्जा छ, श्रेस्ता छैन – सार्वजनिक सेवा प्रसारण संस्था

समस्या जहाँको त्यहीँ, पूर्जा छ, श्रेस्ता छैन – सार्वजनिक सेवा प्रसारण संस्था

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

मध्यबर्खामा पनि पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था

मध्यबर्खामा पनि पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था