पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु

पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु

काठमाडौँ- बाह्र दिनदेखि प्रतिबन्धित पश्चिम एसिया क्षेत्रको हवाई उडान आंशिक रूपमा सञ्चालनआ आएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार अन्तरराष्ट्रिय वायु सेवा कम्पनीहरूले पाँच दिनदेखि अवस्था हेरेर आंशिक रूपमा उडान सुरु गरेका छन् ।

अमेरिका-इरान युद्ध सुरु भएपश्चात् यही फागुन १६ गते यात्रुको सुरक्षाको कारण देखाउँदै हवाई उडान बन्द गरिएको थियो । सोही कारण नेपालबाट जाने केही अन्तरराष्ट्रिय उडान रद्द हुँदै आएका छन् । युद्धको प्रभावले गर्दा वायु सेवा प्रदायक कम्पनीहरू युएई, कतार, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान, बहराइनले आफ्नो ‘एयरस्पेस बन्द’ गर्ने निर्णय गरेका थिए ।

प्रवक्ता बस्नेतले पश्चिम एसियाको तनावपूर्ण स्थितिमा केही सुधार आएपछि अवस्था हेरेर केही वायु सेवा प्रदायक कम्पनीले आंशिक रूपमा उडान सञ्चालनमा ल्याएका जानकारी दिनुभयो । “उडान हुने कि नहुने अघिल्लो दिन मात्रै खबर आउँछ, त्यसका आधारमा केही उडान आंशिक रूपमा सुचारु भएका छन्”, उहाँले भन्नुभयो, “आंशिक उडान सुरु गर्नेमा एयर अरेबिया र फ्लाइ दुबई छन् ।”

त्यस्तै, हिमालय एयरलाइन्सले पनि दुबईमा चार दिनदेखि आंशिक रूपमा उडान थालेको जनाएको छ । एयरलाइन्सले जनाएअनुसार दैनिक १०० जनाको हाराहारीमा यात्रुको उपस्थिति हुने गरेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा

बेनी अस्पतालमा डायलाइसिस सेवा विस्तार

बेनी अस्पतालमा डायलाइसिस सेवा विस्तार

पर्यटन प्रवर्द्धनका लागि भुलभुलेमा छैटौँ हामखोला झरना महोत्सव

पर्यटन प्रवर्द्धनका लागि भुलभुलेमा छैटौँ हामखोला झरना महोत्सव