दाउन्नेमा पाँचवटा सवारी साधन ठोक्किँदा आठ जना घाइते

दाउन्नेमा पाँचवटा सवारी साधन ठोक्किँदा आठ जना घाइते

धनमाया भुसाल, पूर्वी नवलपरासी- पूर्वी नवलपरासीको दाउन्ने घिउखोलामा पाँच सवारी साधन ठोक्किदा आठ जना घाईते भएका छन ।

बुधबार राति करिब सवा १२ बजे सुनौलीबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नम्बरको कन्टेनरले एकतर्फी सडकमा ओभरटेक गर्ने क्रममा नियन्त्रण गुमाउँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो ।

अनियन्त्रित कन्टेनरले काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ११९२ नम्बरको बसलाई ठक्कर दिँदै बुटवलबाट कावासोतीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ००२ प ९५७० नम्बरको मोटरसाइकल र काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको लु प्रदेश ०१–००१ ख ०८२२ नम्बरको बसमा समेत ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक कालिकोट रास्कोट नगरपालिका–६ का करिब ३० वर्षीय अमर कार्की र पछाडि सवार महेन्द्र महतारा घाइते भएका छन् ।

यस्तै लु प्रदेश ०१–००१ ख ०८२२ नम्बरको बसमा सवार छ जना यात्रु घाइते भएका छन्। घाइते हुनेमा बस चालक रोल्पा स्मृति गाउँपालिका–४ का शंकर बिष्ट, रामेछाप मन्थली नगरपालिका–१२ का विनोद कुमार अछामी, रोल्पा नगरपालिका–४ का उदीराम बिष्ट, धरान–१५ का नाम्नुहाङ राई, रोल्पा नगरपालिका–२ का दर्शन पोख्रेल, सुनसरी नगरपालिका–५ का चन्द्र सिंह थापा र प्युठान स्वर्गद्वारी नगरपालिका–७ का यज्ञप्रसाद भुषाल रहेका छन्।

घाईतेहरुलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको प्रहरीले जनाएको छ । यस्तै अन्य दुई बसका चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुरु भयो नागढुंगा-मुग्लिन सडक निर्माण कार्य – सार्वजनिक सेवा प्रसारण संस्था

सुरु भयो नागढुंगा-मुग्लिन सडक निर्माण कार्य – सार्वजनिक सेवा प्रसारण संस्था

 रास्वपा केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी

 रास्वपा केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी

विपद्का पीडित राहतको पर्खाइमा, करोडौँ बजेट खर्चविहीन

विपद्का पीडित राहतको पर्खाइमा, करोडौँ बजेट खर्चविहीन

निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

मतदानका लागि अझै तीन घण्टा लाग्ने

मतदानका लागि अझै तीन घण्टा लाग्ने

प्रधानमन्त्री तथा रास्वपा बरिष्ठ नेता शाह काठमाडौँ फर्कनुभयो

प्रधानमन्त्री तथा रास्वपा बरिष्ठ नेता शाह काठमाडौँ फर्कनुभयो

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु