पर्सा–४ मा रास्वपाका शाक्य निर्वाचित

पर्सा–४ मा रास्वपाका शाक्य निर्वाचित

वीरगन्ज (पर्सा)- पर्सा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार टेकबहादुर शाक्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत नुतन झाका अनुसार उहाँले २८ हजार छ मत ल्याएर विजयी हुनुभएको छ । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले १२ हजार ५३३ मत र नेकपा एमालेका उम्मेदवार जालिम मियाँ मन्सुरीले १२ हजार १४६ मत ल्याउनुभएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

पर्सा–४ मा २३ जनाले उम्मेदवारी दिनुभएको थियो । यसमध्ये स्वतन्त्रतर्फ ११ जना र दलीय उम्मेदवारतर्फ १२ जना रहनुभएको छ । यस क्षेत्रमा कुल ९५ हजार २१३ मतदातामध्ये ६५ हजार ७२७ मत खसेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

भोटेकोशी बाढीपछि नेपाल–चीन सीमा क्षेत्रमा राष्ट्रिय झण्डा पुनर्स्थापित

भोटेकोशी बाढीपछि नेपाल–चीन सीमा क्षेत्रमा राष्ट्रिय झण्डा पुनर्स्थापित

रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

प्रधानमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति