झापा–४ मा रास्वपाका ढकाल विजयी

झापा–४ मा रास्वपाका ढकाल विजयी

भद्रपुर (झापा)- प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शम्भुप्रसाद ढकाल विजयी हुनुभएको छ । उहाँले ४३ हजार ६३१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लालप्रसाद साँवा लिम्बूले ११ हजार ९१६ मत प्राप्त गर्नुभयो । यहाँ नेपाली कांग्रेसका देउकुमार थेवेले नौ हजार ४३४, श्रम संस्कृति पार्टीकी अमृतादेवी राईले सात हजार १६१, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौलाले दुई हजार ८० मत प्राप्त गर्नुभयो ।

यस क्षेत्रमा कुल एक लाख ३० हजार ७१२ मतदाता रहेकामा ८२ हजार ११७ मत खसेको थियो । यहाँ १५ राजनीतिक दल र एक स्वतन्त्र गरी १६ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण

भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण

यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन

यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन

खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित