Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद – Khabarofnepal

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुभएको छ ।

गृहमन्त्री अर्यालले राष्ट्रपतिको निर्देशन र प्रधानमन्त्रीको नेतृत्वमा सम्बद्ध सबै पक्षको सहयोगका कारण मुलुकभर एकै चरणमा मतदान कार्य सम्पन्न भएको भन्दै प्रधानमन्त्रीको अभिलाषाबमोजिम ‘एक थोपा पनि रगत नबगी’ निर्वाचन गर्ने कार्य सम्पन्न भएको उल्लेख गर्नुभएको छ ।

लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण अभ्यासका रूपमा रहेको निर्वाचनमार्फत जनादेश लिनु संवैधानिक र कानुनी दृष्टिले सर्वोत्तम पक्ष हो भन्दै गृहमन्त्री अर्यालले यस निर्वाचनका माध्यमबाट संविधान कार्यान्वयन एवं नेपाली जनताले प्राप्त गरेको हकअधिकारको संस्थागत गर्नमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो ।

मन्त्री अर्यालले निर्वाचन प्रक्रियामा संलग्न आम नेपाली नागरिक, सम्पूर्ण मतदाता, उम्मेदवार, राजनीतिक दलका नेता तथा कार्यकर्ता, निर्वाचनमा संलग्न निजामती कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, राष्ट्रिय अन्तरराष्ट्रिय पर्यवेक्षक र प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा सहयोग एवं योगदान गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ । उहाँले निर्वाचनको मतदानपश्चात् मतगणनाको कार्यमा सकारात्मक भूमिका र सहयोगका निमित्त सम्बन्धित सबैमा अनुरोध गर्नुभएको छ ।

गृहमन्त्री अर्यालले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न देशव्यापी रूपमा मतदाताहरूले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता अभिव्यक्त भएको भन्दै मतदानमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आमाबुवा, दिदी–बहिनी, दाजुभाइहरूप्रति उच्च सम्मानसहित धन्यवाद व्यक्त गर्नुभएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Tu Hai Meri Kiran First Review | Tu Hai Meri Kiran First Review Rating | Tu Hai Meri Kiran Special Screening Review | Tu Hai Meri Kiran Full Movie First Review | Is Tu Hai Meri Kiran Worth Watching | Sonakshi Sinha Tu Hai Meri Kiran First Review

The Paradise: Did Nani starrer trim 24 minutes from movie after OTT release? Find out

Jennifer Lawrence Reacts to Being Connor Wood’s Celeb Crush

Devi Sri Prasad Steps Before The Camera As Yellamma Sets a March 2027 Release

Entertainment Live Updates Today (October 22, 2026): Salman Khan Residence Under Heavy Security After Tiger Shroff Firing Incident | Rajinikanth Starrer Jailer 2 Crosses Rs 300 Crore Mark | Daler Mehndi Drunk Video Controversy New Update

Scene: Suriya starrer introduces Naslen as Eeswaran, a charming villain in action comedy flick

Gigi Hadid Defends Elsa Hosk From Victoria’s Secret Walk Criticism