नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा भारतले गर्‍यो प्रशंसा

नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा भारतले गर्‍यो प्रशंसा

काठमाडौँ – भारतले नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वागत गर्दै नेपाली नागरिकले लोकतान्त्रिक अधिकार प्रयोग गरेकोमा प्रशंसा गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार सञ्चारमाध्यमका प्रश्नहरूको जवाफ दिँदै नेपालमा उत्साहजनक सहभागितासहित निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले नेपाली नागरिकले लोकतान्त्रिक म्यान्डेट प्रयोग गरेको भन्दै निर्वाचन सफल बनाउन भूमिका खेलेका सबै पक्षलाई बधाई दिनुभयो  ।

यसका साथै उहाँले प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता तथा विभिन्न सरोकारवालालाई पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा बधाई दिनुभयो ।

प्रवक्ता जैसवालले गत वर्ष (भदौ २३–२४) का असाधारण परिस्थितिबिच पनि निर्वाचन सम्पन्न हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो ।

भारतले सधैं नेपालमा शान्ति, प्रगति र स्थायित्वलाई समर्थन गर्दै आएको भन्दै उहाँले नेपाल सरकारको अनुरोधअनुसार यस निर्वाचनका लागि आवश्यक केही गाडीसहितका सामग्री उपलब्ध गराएको जानकारी पनि दिनुभयो ।

उहााले आगामी दिनमा नेपालमा बन्ने नयाँ सरकारसँग मिलेर दुई देशबिचको बहु आयामिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै पारस्परिक हितका लागि सहकार्य गर्न भारत इच्छुक रहेको बताउनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

समस्या जहाँको त्यहीँ, पूर्जा छ, श्रेस्ता छैन – सार्वजनिक सेवा प्रसारण संस्था

समस्या जहाँको त्यहीँ, पूर्जा छ, श्रेस्ता छैन – सार्वजनिक सेवा प्रसारण संस्था

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

मध्यबर्खामा पनि पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था

मध्यबर्खामा पनि पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था