आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध

आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध

ललितपुर- नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले आम मतदातालाई निर्वाचनमा सहभागी हुन अनुरोध गर्नुभएको छ ।

साथै उहाँले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन सबै राजनीतिक दलको सहयोग अपरिहार्य हुने बताउनुभएको छ ।

आज अपराह्न पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले त्यस निम्ति सरकार र निर्वाचन आयोग पनि जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । “निर्वाचन आयोग र सरकारलाई सहजरूपमा मतदान गर्न पाउने वातावरण बनाउन आग्रह छ, आवेगमा मतदान नगर्न मतदातामा पनि विनम्र अनुरोध छ ।”

नवयुवाको परिवर्तनको चाहनालाई मूर्तरुप दिन सबै तहबाट प्राप्त समर्थनले ‘बदलिएको कांग्रेस, बदल्छौँ देश’ नारा सफल भएको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसको प्रतिबद्धताले नागरिक तहमा पलाएको विश्वास र प्राप्त समर्थनले ‘यो देश हामी बनाउन सक्छौँ, हामीले नै बनाउने हो’ भन्ने आधार सिर्जना गरेको बताउनुभयो ।

“लोकतन्त्रको अभिन्न अङ्ग सञ्चारमाध्यमले मौनअवधिमा भ्रम र प्रभाव चिर्न सक्रिय भूमिका निर्वाह गरोस् छ, साथै सामाजिक सञ्जालका प्रयोगकर्तालाई द्वेष नफैलाउन आग्रह छ”, उहाँले भन्नुभयो ।

खाडी मुलुकमा रहेका नेपालीहरूको सुरक्षाप्रति सरकारको ध्यानाकर्षण गराउँदै उहाँले त्यहाँस्थित नेपाली दूतावासहरू नेपाली जनताको हित र सुरक्षामा क्रियाशील रहन अनुरोध गर्नुभएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन

बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमको रु. १० करोड सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमको रु. १० करोड सहयोग

ऊर्जामन्त्री श्रेष्ठ र यूएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेट

ऊर्जामन्त्री श्रेष्ठ र यूएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेट

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने