निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढङ्गले परिभाषित गर्दै नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै उहाँले निर्वाचन पछिल्ला उपलब्धिको रक्षा र प्रवर्द्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता भएको उल्लेख गर्नुभयो ।

राष्ट्रिपति पौडेलले भन्नुभयो, “निर्वाचन हाम्रो राजनीतिक इतिहासको एक जटिल परिस्थितिको निकासका रूपमा हुन गइरहेको छ । यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर हो । त्यसैले यो निर्वाचनलाई सफल बनाउनु हाम्रो साझा काम र ऐतिहासिक दायित्व हो ।”

उहाँले निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई अझ विश्वस्त र परिपक्व बनाउने विश्वास व्यक्त गर्नुभयो । “देशले विगतका केही वर्षमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । लामो सङ्घर्ष र त्यागपछि हामीले लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौँ । सबैलाई थाहा छ, आज नयाँ संविधानमार्फत समावेशी राज्य संरचना सुनिश्चित भएको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “यस निर्वाचनले निरङ्कुशताविरुद्ध लामो सङ्घर्ष र बलिदान गरेको अघिल्ला पुस्ता र त्यसमा आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको सपना, नवयुवाहरूको सुशासनको माग, पारदर्शिता र जवाफदेहिताप्रतिको अपेक्षा पूरा गर्नेछ ।”

सङ्घीय शासन प्रणालीलाई संस्थागत गर्दै प्रदेश र स्थानीय तहसम्म अधिकार प्रत्यायोजन गरिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्दै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, दलित, महिला तथा विपन्न समुदायको अधिकारलाई मजबुत बनाउने प्रयास सुरु भएका बताउनुभयो ।

“पछिल्लो दशकमा शिक्षा, स्वास्थ्य, सडक, ऊर्जा र सञ्चार पूर्वाधारमा उल्लेख्य प्रगतिका साथ देश अगाडि बढिरहेको छ । यी उपलब्धि सहजै प्राप्त भएका होइनन्, यी जनताको बलिदान र अटुट विश्वासका साथै उनीहरूको सक्रिय सहभागिताको परिणाम हुन्”, सम्बोधनमा उहाँले भन्नुभयो ।

सुशासन, सामाजिक न्याय, उत्तरदायी शासन र सेवा प्रवाहका क्षेत्रमा अझ धेरै काम गनुपर्ने आश्यकता औँल्याउँदै राष्ट्रपति पौडेलले आगामी निर्वाचनले त्यही भावधारालाई संस्थागत गर्दै लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चारमाध्यम र सम्बन्धित निकायलाई निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पूर्ण प्रतिबद्ध रहन आग्रह गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले मतभिन्नता स्वाभाविक भए पनि सहिष्णुता, मर्यादा र विधिको शासनप्रति सम्मान हाम्रो साझा मूल्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “आउनुहोस्, हामी सबै मिलेर लोकतन्त्रको रक्षा, सामाजिक न्यायको प्रवर्द्धन र विकासको यात्रालाई अझ सुदृढ बनाउने सङ्कल्पका साथ यस ऐतिहासिक निर्वाचनमा सहभागी बनौँ ।”

Source link

संबधित खबर

धेरै पढ़िएको

Robert Kelker Kelly Death Reason | Days Of Our Lives, General Hospital Robert Kelker-Kelly Died At 62 | Robert Kelker Kelly Cause Of Death | What Happened To Robert Kelker Kelly | How Did Robert Kelker Kelly Die | Robert Kelker Kelly Daughter | Robert Kelker Kelly Passed Away After Cardiac Arrest

Sebastian Stan Turned Down Paul Wesley’s Vampire Diaries Role: Reason Why

Sebastian Stan Turned Down Paul Wesley’s Vampire Diaries Role: Reason Why

Jailer 2 Trailer: Tiger Is Back! Rajinikanth Takes On A Deadlier Enemy In Nelson’s Sequel

Jailer 2 Trailer: Tiger Is Back! Rajinikanth Takes On A Deadlier Enemy In Nelson’s Sequel

Bakaiti Season 2 EXCLUSIVE! Rajesh Tailang On Bakaiti 2 Twist, Sanjay-Sushma Fight In ZEE5 Web Series

Bakaiti Season 2 EXCLUSIVE! Rajesh Tailang On Bakaiti 2 Twist, Sanjay-Sushma Fight In ZEE5 Web Series

Varanasi: SS Rajamouli’s son teases ‘crazy action’ in Mahesh Babu film, makers strive for Oscars stunt category

Varanasi: SS Rajamouli’s son teases ‘crazy action’ in Mahesh Babu film, makers strive for Oscars stunt category

Kylie Jenner Wakes Up Kids Stormi, Aire With Megaphones in Adorable Vlog

Kylie Jenner Wakes Up Kids Stormi, Aire With Megaphones in Adorable Vlog

Digger Box Office Day 3: Tom Cruise Starrer Off To A Slow Start

Digger Box Office Day 3: Tom Cruise Starrer Off To A Slow Start