स्वाधिनताभन्दा ठूलो विकास होइन :अध्यक्ष राई

स्वाधिनताभन्दा ठूलो विकास होइन :अध्यक्ष राई

धरान-: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले राष्ट्रिय स्वाधिनता कुनै पनि विकासभन्दा महत्त्वपूर्ण विषय भएको बताउनुभएको छ । आज धरानमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उहाँले देश निर्माणको आधार स्वाधिनता, श्रम र जनसहभागिता भएको उल्लेख गर्नुभयो ।

यही २१ गते हुने निर्वाचनलाई सही नेतृत्व चयन गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै अध्यक्ष राईले गफभन्दा काम गर्ने उम्मेदवारलाई मत दिन अपिल गर्नुभयो । “निर्वाचन भनेको चुन्ने प्रक्रिया हो, त्यसैले जनताले सोचेर निर्णय गर्नुपर्ने समय आएको छ । अब सबै मिलेर देश बनाउनुपर्छ, बचाउनुपर्छ,” उहाँले भन्नुभयो, “देशभर श्रम संस्कृतिको अभियान विस्तार गर्न आवश्यक छ ।” विदेशमा श्रम बेच्न बाध्य नेपाली युवाको अवस्थालाई परिवर्तन गर्न स्वदेशमै श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

सामाजिक विभेद अन्त्य गर्दै सत्य र तथ्यमा आधारित राजनीति आवश्यक रहेको उहाँको भनाइ थियो । आगामी निर्वाचनपछि सक्षम र जिम्मेवार नेतृत्व चयन भए जनसहभागितामा आधारित विकास अभियानले गति लिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो

बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो

परराष्ट्रमन्त्री खनाल बेइजिङमा – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल बेइजिङमा – सार्वजनिक सेवा प्रसारण संस्था

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना