सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

गण्डकी- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्ने सङ्कल्प गर्नुभएको छ । नेपाली कांग्रेस कास्कीद्वारा आज पोखराको अमरसिंहचौरमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उहाँले देशले भ्रष्टाचारबाट मुक्ति चाहेको बताउनुभयो ।

उक्त आयोगले २०४६ सालपछि प्रधानमन्त्री बन्नुुभएका शेरबहादुर देउवाको सम्पत्ति, मन्त्री भएको गगन थापाको सम्पत्तिबाट नै छानबिन सुरु गर्ने बताउँदै उहाँले कसैलाई नछोडिने स्पष्ट पार्नुुभयो । उहाँले भन्नुभयो, “आफ्नो बा भए पनि छोड्दैन । एउटा, एउटा कुराको छानबिन गर्छ । एउटा एउटा काण्डको छानबिन गर्छ ।”

मुलुकमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग क्षेत्रमा प्रत्येक क्षेत्रमा पाँच वर्षभित्र क्रान्तिकारी रुपान्तरण ल्याउने गरी पार्टीले सरकार बनाएर काम गर्ने उहाँले जिकिर गर्नुुभयो । पाँच वर्षको यो समय देशलाई सम्हाल्नुपर्ने अवस्था रहेको र कुनै पनि द्वन्द्व अब नेपालले थेग्न नसक्ने बताउँदै उहाँले बढो जतनका साथ सबैलाई मिलाएर लैजानुपर्ने अवस्था रहेको बताउनुुभयो । गण्डकीमा परिणाम आउने गरी पर्यटन क्षेत्रको विकास गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आवेग र उत्तेजनामा नभइ सोचेर मतदान गर्न आम मतदातासँग आग्रह गर्नुभयो । कांग्रेस बदलिएर परिवर्तनको सुरुवात गरेको बताउँदै उहाँले विशेष महाधिवेशनपछि नयाँ सोच र उत्साहका साथ पार्टी अघि बढेको बताउनुुभयो । प्रश्नहरू गरेर त्यसबाट सन्तुष्ट बन्दै कांग्रेसमा मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।

कांग्रेसका तर्फबाट कास्की क्षेत्र नं १, २ र ३ का उम्मेदवारहरू तिलक रानाभाट, माधवप्रसाद बाँस्तोला र मनोज गुरुङले आआफ्ना चुनावी प्रतिबद्धतासहित भनाइ राख्नुभएको थियो । कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, सहसचिव एवं प्रवक्ता नवीन सिग्देल लगायतले बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्पसहित आएको भन्दै कांग्रेसका उम्मेदवारलाई अत्यधिक बहुमतसहित विजयी गराउन आग्रह गर्नुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरीमा अनिश्चितकालिन कर्फ्यु कायमै

सुनसरीमा अनिश्चितकालिन कर्फ्यु कायमै

नेपाल आज नामिबियासँग खेल्दै – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाल आज नामिबियासँग खेल्दै – सार्वजनिक सेवा प्रसारण संस्था

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

डा केसीसँगको सहमति अन्तिम चरणमा, प्रधानमन्त्रीको जवाफ पर्खंदै वार्ता टोली

डा केसीसँगको सहमति अन्तिम चरणमा, प्रधानमन्त्रीको जवाफ पर्खंदै वार्ता टोली

तीन लाखभन्दा बढी विस्थापित – सार्वजनिक सेवा प्रसारण संस्था

तीन लाखभन्दा बढी विस्थापित – सार्वजनिक सेवा प्रसारण संस्था

पाँच सदस्यीय छानबिन समिति गठन – सार्वजनिक सेवा प्रसारण संस्था

पाँच सदस्यीय छानबिन समिति गठन – सार्वजनिक सेवा प्रसारण संस्था