Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
होलीमा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित टी–सर्ट, टोपी लगायत सामग्री प्रयोग नगर्न आग्रह – Khabarofnepal

होलीमा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित टी–सर्ट, टोपी लगायत सामग्री प्रयोग नगर्न आग्रह

होलीमा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित टी–सर्ट, टोपी लगायत सामग्री प्रयोग नगर्न आग्रह

काठमाडौँ–  जिल्ला प्रशासन कार्यालय काठमाडौँले होली पर्व मनाउँदा शान्तिसुरक्षा र आसन्न निर्वाचनलाई ध्यानमा राख्न आग्रह गर्दै सार्वजनिकस्थलमा भीडभाड, मेला महोत्सव तथा मदिरा बिक्रीवितरण नगर्न आग्रह गरेको छ ।

कार्यालयद्वारा जारी सूचनामा धार्मिक तथा सांस्कृतिक रूपमा आआफ्नो घर परिषरभित्र परिवारजन र साथीभाइसँग होली मनाउन बाधा नपर्ने स्पष्ट पार्दै खुला सडक र सार्वजनिक स्थानमा अनावश्यक भीड जम्मा गर्ने, कार्यक्रम आयोजना गर्ने र मदिरा सेवन तथा वितरण गर्ने कार्य नगर्न अनुरोध गरेको छ ।

कार्यालयले आसन्न निर्वाचनलाई लक्षित गर्दै लागू भएको निर्वाचन आचारसंहिताको कार्यान्वयनमा जोड दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनामा जुलुस, आमसभा वा प्रचारप्रसारमा उम्मेदवारको निर्वाचन चिह्न, झण्डा, स्टिकर अङ्कित टोपी, टी–सर्ट, ज्याकेट, झोला वा अन्य सामग्री प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ । होलीका अवसरमा यस्ता सामग्री प्रयोग गरी आचारसंहिताविपरीत गतिविधि नगर्न प्रशासनले आग्रह गरेको छ ।

सूचनामा कसैको इच्छाविपरीत रङ वा पानी हाल्ने, मदिरा सेवन गरी सार्वजनिक मर्यादा भङ्ग गर्ने, हो–हल्ला तथा अराजक गतिविधि गर्ने काम कानुनविपरीत हुने उल्लेख गरिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Andy Cohen Shares Update on Kevin Sobieski’s Bond With His Kids 

Ayushmann Khurrana and Tahira Kashyap Host Star-studded Diwali Bash

Udta Teer Budget And Box Office Target EXCLUSIVE: Here’s How Much Ayushmann Khurrana Film Should Earn To Become A Hit | Udta Teer Box Office Update | Udta Teer Budget | Udta Teer Box Office Target | Ayushmann Khurrana Udta Teer Box Office Target

Bigg Boss Tamil 10: Ramya Krishnan to step in as guest host for reality show

Kim Kardashian Stuns in Leopard-Print Gown at All’s Fair Premiere in Rome

Rajinikanth Attends Jailer 2 Screening With Fans, Joins Cast And Crew For Success Celebration

Ramayana Day 1 Collection Early Prediction | Ramayana Day 1 Collection Prediction By Rohit Jaiswal | Ramayana Day 1 Collection Prediction (11 Days Before Release) | Ramayana 100cr+ Opening Day Collection Rohit Jaiswal | Ramayana (Hindi) Day 1 Collection Early Prediction | Ramayana Total Advance Booking Collection Day 1